CG Electronics
IME Life
Ncell NPL

सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना संक्रमण कोषमा २० लाख १५ हजार सहयोग

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं –  सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस ९कोभिड(१९० ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो ।

यस अघि पनि कोरोनाभाइरस ९कोभिड(१९० को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरिसकेको छ ।

नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ पुगेको छ ।

यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९।५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा ९साना तथा मझौला कर्जा० ९।५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन ९व्यक्तिगत कर्जा० १०।९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशै भरी छरिएका बैंकका ११० शाखाहरुबाट संचालनमा ल्याएको छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...