CG Electronics
IME Life
Ncell NPL

काठमाडौमा ८ हजार आइसोलेसन बेड तयार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  काठमाडौंमा ८ हजार आइसोलेसन बेड तयार गरिएको छ। बागमती प्रदेस सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा भाद्र ९ गते नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले काठमाडौंमा आइसोलेसन केन्द्र तयार गर्ने निर्णय गरेको थियो।

उक्त बैठकले तिन दिनको समय सिमा निर्धारण गरेर ६ हजार बेड तयार गर्नका लागि उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्ण राई ,नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ , बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा। खेम कार्कीलाई जिम्मेवारी दिएको थियो।

सो समितिको भाद्र ११ गते बसेको बैठकमा दुई दिनमा विभिन्न व्यवसायी ,अस्पताल र अन्य क्षेत्रमा अध्ययन गरेर करिव ८ हजार आइसोलेसन बेड संचालन गर्ने तयारी पुरा गरिएको जानकारी दिइएको छ।

काठमाडौं ,ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुविधा र सुरक्षा मापदण्ड सहित कोरोना संक्रमितहरुको व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र तयार गरिएको बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले बताएका छन। कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि तयार पारिएका आइसोलेसन केन्द्रको भाद्र १३ गते बाट औपचारिक शुरुवात गर्ने जानकारी दिदै निरौलाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका स्थानीय तहले बजेट माग गरेमा प्रदेस सरकारले उपलव्ध गराउने बताएका छन।

स्वास्थ्य मन्त्रालयमा भएको सो समितिको बैठकले उपत्यकामा लक्षण रहित संक्रमितलाई आइसोलेसन केन्द्रमा र जटिल अवस्थाका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था मिलाउनका लागि विभिन्न सम्भावित स्थानको सुची तयार पारेर सम्झौताको तयारी गरेको छ।

बागमती प्रदेस सरकारले संचालन गर्ने ति आइसोलेसन केन्द्रलाई स्वास्थ्यकर्मी र सुरक्षा प्रवन्ध संघीय सरकारले मिलाउने छ भने संक्रमितहरुको सम्पर्क , सुचना र अन्य व्यवस्थापन स्थानीय सरकारले गर्नेछ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...