काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
Friday Aug 28, 2020
वि.सं.२०७७ भदौ १२ शुक्रवार १७:४२

काठमाडौं । ग्लोबल आइएमई बैंकले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्घाटन को। ले। नि। का। पर्वतका प्रमुख नवराज सापकोटाले गरेका हुन् ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं। ५ स्थित मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही लगायत अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरेको बताएको छ ।




























