CG Electronics
IME Life
Ncell NPL

कालीमाटी तरकारी बजारमा थप बढ्यो जोखिम

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि सामान्य मापदण्ड पनि पालना नगर्दा थप जोखिम बढेको छ ।

व्यापारी र क्रेताले सामान्यतया दूरी कायम र मास्कसम्म पनि नलाएको पाएपछि कोरोना भाइरसको जोखिम थप बढेको हो ।

हरेक दिन काठमाडौँ उपत्यका र अझै बढी काठमाडौँ जिल्लामा भाइरसका बिरामी बढ्दोरुपमा थमिने क्रम जारी रहेको छ । दैनिक औसतमा ५०० मेट्रिकटन तरकारी तथा फलफूल बिक्री हुने यस बजारमा ४५२ वटा थोक, ६५ वटा खुद्रा र २७ वटा माछा पसल छन् ।

आफ्नो नजिकको बजारमा भन्दा तरकारी र फलफूल सस्तो पाइने भनेर उपभोक्ता कालीमाटी जान थालेपछि कालीमाटी तरकारी तथा फलफूल बजार भीड बढेको अनुगमन टोलीको निष्कर्ष छ । कोभिड महामारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि आयात घटेर मूल्य बढेको भन्दै महानगरमा गुनासो आएपछि कामपाले अनुगमन शुरु गरेको हो ।

अनुगमनका क्रममा थोक बजारभित्रका स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए÷नभएको अवलोकन गरिएको थियो । त्यस्तै ढक तराजुको अवस्था, खरिद बिक्री बिल, मूल्यसूची, परिचय पत्रलगायत सूचकका आधारमा अनुगमन गरिएको थियो ।

कामपा कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महामारीको समयमा पनि व्यापारी र उपभोक्तामा कत्ति पनि पनि सावधानि नदेखिएको भन्दै सचेत हुन आग्रह गरे ।

उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले खरिद र बिक्री बिललाई अनिवार्य गर्ने, त्यसका आधारमा मूल्यसूची टाँस्ने, मूल्यसूचीका आधारमा उपभोक्ताले खरिद गर्ने बानीको विकास गर्नुपर्ने बताउँछन् ।

कालीमाटी बजार विकास समितिले यही भदौ ७ गते विकास समितिले दुईपाङ्ग्रे सवारीसाधनलाई बजार प्रवेशमा रोक लगाउने, किसान बजार बन्द गर्ने, बजारमा कार्यरत भरिया र मजदूरलाई समूहमा बस्न निरुत्साह गर्नेलगायत ११ बुँदे सूचना जारी गरेको थियो ।

सूचनामा इजाजत प्राप्त व्यवसायीले दुई जनाभन्दा बढी बस्न नपाइने, बजार प्रवेश गरेपछि साबुन पानीले हात धुनुपर्ने, मास्कको प्रयोग गर्नुपर्ने, कृषिउपज लिएर आउने सवारीले बिहान ९ बजेदेखि राति ११ बजेसम्म मात्र प्रवेश गर्न पाउने, सामान जुन अवस्थामा आएको छ, त्यही अवस्थामा बिक्री गर्नेलगायत विषय उल्लेख गरिएको थियो । रासस

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...