सामाजिक संजालमार्फत उद्योगी विनोद चौधरीले आफुलाई कोरोना संक्रमण भएको सार्वजनिक गरे
Friday Aug 28, 2020
वि.सं.२०७७ भदौ १२ शुक्रवार २०:३६

काठमाडौं। उद्योगी व्यवसायी विनोद चौधरीले सामाजिक संजाल मार्फत आफुलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक गरेका छन् । उनले आफूलाई कोभिड– १९ को संक्रमण भएको पुष्टि गर्दै शुक्रबार ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । चौधरीले ट्विट गर्दै सम्पर्कमा रहेकाहरूलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।
चौधरीले लेखेका छन्– ‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन । यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु । मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’



























