बैंक अफ काठमाण्डूको ग्रिन पिन सुविधा
Friday Oct 02, 2020
वि.सं.२०७७ असोज १६ शुक्रवार २१:४३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्रिन पिन सुविधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि ग्रिन पिन सुबिधा ल्याएको हो ।
यस सुविधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहक महानुभावहरुले आफ्नो कार्डको पिन रिसेट गर्न सक्ने बैंकले जनाएको छ ।
नयाँ कार्डबाहक ग्राहक महानुभावहरुले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर “भ्लतभच थ्यगच इत्ए” मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् ।




























