CG Electronics
IME Life
NIMB

मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरणा

NIMB
Himalayan Bank

काठमाडौं ।  मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरणा गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको श्री काली गङ्गा प्रमाइमरी स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लव अफ कााठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिर्वसल डेण्टलका संस्थापक राजेन्द्रमान लामा, क्लवका संस्थापक अध्यक्ष गोपाल न्यौपाने, स्कुलका अध्यक्ष टीकाबहादुर केसी, स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने र समामजसेवी सुभाष न्यौपानेको आथ्यितामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।

त्यस्तै कलाकार सञ्जित भण्डारी, गायक रामकृष्ण श्रेष्ठलगायतको पनि आतिथ्यता रहेको थियो ।
स्कुलका एकसय ४० जना विद्यार्र्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गणेशलामाले काभ्रेको यो पिछडिएको ठाउँमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । यस्तै अन्य अतिथिहरूले अहिलेको यस्तो विषम परिस्थितित कारोना कहरकाबीचमा पनि मिलापले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्यगर्दै आएको बताउँदै शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा साथ सहयोग पु¥याउने सबैलाई धन्यावाद दिनुभयो ।
उहाँले आउँदा दिनहरुमा पनि समाजका विभिन्न क्षेत्रमा काम गर्ने बताउनुभयो । गीताले नेपालमा २०७२ सालमा गएको विनासकारी भूकम्पमा आहत भएकाहरूलाई तत्काल राहत पु¥याउने कार्य गरेको स्मरण गर्दै फाउण्डेसनले सामाजिक कार्य गर्दै आएको बताउँदै, अब यसलाई अझ विस्तृत रुपमा लैजान आफूहरूले तयारी गरिरहेको जनाकारी गराउनुभयो ।

 

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...