मुक्तिनाथ विकास बैंकका ग्राहकले संगम स्वीट्समा १० प्रतिशतसम्म छुट
Friday Nov 13, 2020
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १८:०३

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले संगम स्वीट्सबाट सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट सेवा लिदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौं स्थित आउटलेटहरुबाट १०५ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग र क्यासलेस कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

























