CG Electronics
IME Life
NIMB

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्ने सम्बन्धी एक महत्त्वपूर्ण सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा नागरिक लगानी कोषका निर्देशक छविरमण अधिकारी र नबिल बैंकका मानव संशाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गर्नुभएको हो।

यस सम्झौता अन्तर्गत योगदानमा आधारित वा गैर(योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने र गराउने व्यवस्था मिलाइएको छ। सम्झौता अनुसार बैंकका कर्मचारीहरूले मासिक वा वार्षिक रूपमा आफ्नो पारिश्रमिकबाट कोष कट्टी गरी नियमित रूपमा नागरिक लगानी कोषमा रकम जम्मा गर्नुपर्नेछ। कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी त्यसको पूर्ण अभिलेख राख्ने जिम्मेवारी लिएको छ भने बैंकको सिफारिसका आधारमा सेवा निवृत्त कर्मचारीहरूलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था समेत कोषले नै मिलाउनेछ।

यसैगरी, बैंकका कर्मचारीहरूले कोषमा जम्मा गरेको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम, निर्देशिका एवं कार्यविधिमा उल्लेख भए बमोजिम ब्याज, प्रतिफल तथा अन्य सेवा(सुविधाहरू प्राप्त गर्नेछन्। बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकम, ऋण रकम तथा लगानी सहितको विस्तृत विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था समेत सम्झौतामा गरिएको छ।

कोषले सेवा निवृत्त वा अवकाश भएका कर्मचारीहरूलाई नियम अनुसार लाग्ने कर कट्टा गरेर मात्र भुक्तानी उपलब्ध गराउनेछ। यस प्रक्रियाका लागि बैंकले आफ्ना कर्मचारीहरूको आवश्यक विवरण कोषलाई उपलब्ध गराउनुपर्ने, मासिक तथा वार्षिक रूपमा कट्टी गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्नुपर्ने र सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ। यसका साथै, आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साविकका अवकाश कोषहरूमा रहेको बैंकका कर्मचारीहरूको अवकाश, उपदान र अतिरिक्त अवकाश कोषको रकम अब नागरिक लगानी कोषमा रकम सान्तरण (रकम ट्रान्सफर) गरिने व्यहोरा समेत सम्झौतामा उल्लेख गरिएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...