डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई एक्वायर गर्दै
Thursday Dec 31, 2020
वि.सं.२०७७ पुस १६ बिहीवार २१:३५

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वायर) गर्ने सहमति भएको छ । आर्थिक वर्ष २०७७÷०७८को मौद्रिक नीति, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘३’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन तथा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्ने नीति अनुरुप डिप्रोक्स लघुवित्त ले नाडेप लघूवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिशन) गर्नको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रही देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिव २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको डिप्रोक्स लघूवित्तको चुक्ता पुँजी रु. १ अर्व ५४ लाख रहेको छ भने धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपको चुक्ता पुँजी रु. ४० करोड ४८ लाख रहेको र देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरु मार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघूवित्त सेवा प्रदान गर्दै आएको छ ।
























