IME Life
NIMB

निरञ्जन श्रेष्ठको अध्यक्षतामा डेरी उद्योग संघमा नयाँ नेतृत्व चयन

NIMB
Himalayan Bank

 

डेरी उद्योग संघको १७ औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको छ। संघको यस साधारण सभाबाट सुजल डेरी पोखराका निरञ्जन श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। त्यसैगरी संघको निवर्तमान अध्यक्षमा राजधानी डेरी ललितपुरका राजकुमार दाहाल रहनुभएको छ भने उपाध्यक्ष पदमा आधुनिक डेरी काठमाडौँका विश्वराज बस्नेत चयन हुनुभएको छ।

उद्योगीहरूको हकहित र डेरी क्षेत्रको विकासका लागि क्रियाशील यस संस्थाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने गरी महासचिव पदमा जय श्री कृष्ण डेरी उद्योग भक्तपुरका सुरज सापकोटा र कोषाध्यक्ष पदमा संयुक्त डेरी एण्ड फूड ललितपुरका कुलप्रसाद घिमिरे चयन हुनुभएको छ।

नयाँ कार्य समितिलाई पूर्णता दिने क्रममा विभिन्न डेरी उद्योगका प्रतिनिधिहरूलाई कार्य समिति सदस्यका रूपमा समेटिएको छ। जसअन्तर्गत मैजु डेरी भक्तपुरका जेनन सैजु, बिडिसी फूड अर्थात् भवानी डेरीका देवराज बराल, पञ्चशील डेरी काठमाडौँका पुष्पराज बस्नेत, एनएमकी डेरी उद्योग झापाका रामचन्द्र उप्रेती, कालिका डेरी उद्योग भक्तपुरका शिवप्रसाद त्यात र मदानी डेरी काभ्रेका माधव दाहाल कार्य समिति सदस्यका रूपमा चयन हुनुभएको छ।

यो नयाँ कार्य समितिले आगामी दुई वर्षसम्म नेपालको समग्र डेरी उद्योगको प्रवर्द्धन, गुणस्तर सुधार तथा बजार व्यवस्थापनका क्षेत्रमा नीतिगत पैरवी गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...