nic bank
himalayan everesat
Nmb bank

काम पूरा नहुँदै मेलम्चीको पानी वितरण गर्न सरकारले किन गर्यो हतार,अझै कति काम छ बाँकी ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । सरकारले बाँकी काम पूूरा नहुँदै मेलम्चीको खानेपानी वितरण गर्न हतार गरेको छ । सरकारले यही चैत १५ गतेदेखि मेलम्चीको खानेपानी वितरण गर्ने तयारी गरेको छ । तर, धारा जडान, मिटर जडान, पाइपलाइन परीक्षण लगायत काम बाँकी नै रहे पनि सरकारले आफूले काम देखाउन पानी वितरण गर्न हतार गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार काठमाडौं उपत्यकामा अझै करिब ३० धारा जडान गर्न बाँकी छ । कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेकोमा हालसम्म ८० हजार घारा जडान गरिएको मेलम्ची उपआयोजना २ का प्रवक्ता उज्वल प्रजापतिले जानकारी दिए ।

उनका अनुसार पुरानो धाराहरू विस्थापन गरिएपछि बाँकी ३० हजार धाराहरू जोड्दै जाने उनले बताए । ‘हाल पुरानै धारबाट पानी वितरण गर्ने तयारी गरेका छौं ,’ प्रजापतिले भने, ‘विस्तारै पुराना धारा हटाउँदै नयाँ धारा जडान गर्दै जान्छौं । हाल पुरानैधाराबाट पानी वितरण गर्दा कुनै समस्या रहँदैन ।

कुल १ लाख १० हजार धारा जोड्ने लक्ष्य रहेकोमा हालसम्म ८० हजार घारा जडान गरिएको छ भने अझै ३० हजार धारा जडान गर्न बाँकी छ ।

उनले ९ वटा ट्याङकबाट पानी वितरण परीक्षण गरिने बताए । आयोजनाको पानी वितरण ३ चरणमा हुनु पर्नेमा २ चरणमा परीक्षण सकिसकेको छ । अन्तिम चरणमा परीक्षण मात्र बाँकी रहेको हो । अन्य साना क्षेत्रका धारामा परीक्षण भइसकेको छ । ठूला एरियाको धारामा पानी परीक्षण गर्न बाँकी रहेको हो ।

‘अब अन्तिम चरणका परीक्षणण मात्र बाँकी हो त्यसपछि जडान भएका धाराहरूमा पानी आउने छ, दिनमा कति घण्टा भन्दा पनि लगातार पानी आइराख्ने गरी पानी वितरण गर्ने हाम्रो सोच हो,’ प्रजापतिले भने ।

यस्तै सवारी साधनका कारण बाटोमा कुनै पाइप फुटेको भएमा त्यसको मर्मत गर्नु पर्ने भएकाले अन्तिम चरणका परीक्षण महत्वपूर्ण रहेको उनले बताए । हाल दैनिक १७ करोड लिटर पानी वितरण गरिने छ । त्यसलाई विस्तारै बढाउँदै लैजाने प्रजापतिको भनाइ छ ।

हाललाई पानीको मशहुल पुरानै लिइने

उनका अनुसार हालसम्म १५ हजार नयाँ मिटर जडान गरिएको । मिटर जडानको शुल्क २५ सय रुपैयाँ हाराहारी रहेको छ । नयाँ मिटर जडानका लागि घरधनीले खानेपानी वितरण केन्द्रमा आवेदन दिन सक्ने छन् । खानेपानीको मूल्य हाललाई पुरानै सीमित राखिएको उनले बताए ।

‘मेलम्चीका लागि पानीको मूल्य तोकिएको छैन, अहिले पुरानै मूल्यमा पानी वितरण हुने छ,’ प्रजापतिले भने ‘मिटरको भने २५ सय जति पर्न सक्छ ।’

उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन शुरू गरिने भएको छ । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ । तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुने प्रजापतिले बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी)का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा ११ सय किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ११ किलोमिटर हाराहारी पाइप बिछ्याउन बाँकी छ ।

अहिलेसम्म २ सय किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको छ । ९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम तीव्र पारिएको छ । परीक्षण गर्दा पाइपमा जमेका फोहोरहरू पनि बाहिर निस्कने गरी ‘फ्लसिङ’ गर्नुपर्छ ।

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१७

  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई...

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:२१

    इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय...

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा–१२ को परीक्षा आजदेखि, देशभर ३ लाख...

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३२

  कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...