CG Electronics
IME Life
Ncell NPL

बीमा कम्पनीको आम्दानी अब यसरी घट्ने भयो निश्चित,घट्यो बीमा समितिको कमिसन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुबाट शुल्क घटेको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई नियामकीय शुल्कको रुपमा कुल प्रिमियम रकमको ०.७५ प्रतिशत रकम लिँदै आएको छ ।

बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा बीमा समितिले आफ्नो खर्च चलाउनका लागि पाउने नियामकीय शुल्क घटेको हो । बीमा समितिले विधेयक पारित भएपछि बीमा कम्पनीहरुले गर्ने कुल बीमा शुल्कको ०.५ प्रतिशतमात्र शुल्क पाउने छ ।

तर, बीमा कम्पनीले थप १ प्रतिशत शुल्क ग्रामीण क्षेत्रमा बीमा व्यवसाय बिस्तार लघुबीमाको कार्यक्रमका लागि छुट्टाउनुपर्ने छ । बीमा कम्पनीले संकलन गर्ने बीमा शुल्कमा कुल १.५० प्रतिशत शुल्क बीमा समिति र ग्रामीण क्षेत्रमा बीमा कार्यक्रम सञ्चालन गर्नको लागि बिनियोजन गर्नुपर्ने छ ।

बीमा विधेयकको मस्यौदामा बीमा मध्यस्तकर्ताका लागि प्रस्ताव गरिएको अनुभवको सीमालाई घटाइएको छ । अर्थसमितिले बीमा मध्यस्तकर्ताका रुपमा काम गर्नका लागि १० वर्ष चाहिने अनुभवलाई ४ वर्षमा झारेको हो । मस्यौदामा प्रस्ताव गरिएको १ वर्षमा नवीकरण गर्नुपर्ने बीमा मध्यस्तकर्ताको व्यवस्थालाई समेत बढाएर ३ वर्ष पुर्याएको छ ।

विधेयकमा बीमा कम्पनीका सीइओको र अध्यक्षको कार्यकाल २ वर्षका लागि तोकिएको छ । यस्तै स्वतन्त्र सञ्चालकलाई अध्यक्ष बनाउन रोक लगाएको छ ।

स्वायत्ततामा दिने विषयमा सहमति जुटेन

बीमा विधेयक पारित भएपछि बन्न लागेको बीमा प्राधिकरणलाई स्वायत्तता दिने विषयमा भने अर्थसमिति र अर्थमन्त्रालयबीच सहमति जुटेन । बिहीबारको बैठकमा अर्थसमितिमा सांसदहरूले बीमा समितिलाई पनि नेपाल राष्ट्र बैंकको जस्तो स्वायत्तता दिनुपर्ने माग गरेका थिए ।

बीमा विधेयकको मस्यौदामा बीमा समितिका कर्मचारीको तलब सुविधामा अर्थमन्त्रालयको सहमति चाहिने उल्लेख छ । अर्थसमितिका सभापति कृष्ण दाहालले समितिलाई स्वायत्तता दिनका लागि सो व्यवस्था हटाउनुपर्ने बताए ।

‘बीमा समितिलाई स्वायत्तता दिनुपर्ने हुँदा सरकारले सबै कुरा नियन्त्रण गर्नुपर्ने हुँदैन,’दाहालले समितिको बैठकमा भने ।

तर,अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले भने राष्ट्र बैंकको जस्तो सबै नियामकलाई स्वायत्तता दिन नहुने बताए ।

‘राष्ट्र बैंकको कुरा फरक हो,अरु संस्थालाई समय अनुसार स्वायत्तता बढाउदै लैजाने हो,’ उनले समितिको बैठकमा भने ।

अर्थमन्त्रालयले स्वायत्तताको विषयमा असहमति राखेपछि अर्थसमितिले यसबारेमा केही पनि निर्णय लिएन । अर्थमन्त्रीसँगको छलफलपछि निर्णय लिइने समिति सभापति दाहालले जानकारी दिए ।

समितिले मंगलबारसम्ममा सुझावको सहितको प्रतिवेदन पास गर्ने तालिका बनाएको छ ।

समितिले दफावार छलफल सहितको प्रतिवेदन पास गरेपछि यो विधेयक प्रतिनिधिसभाको बैठकमा जान्छ । प्रतिनिधिसभाको बैठकले पास गरेपछि राष्ट्रियसभामा जान्छ । राष्ट्रियसभाले पास गरेपछि राष्ट्रपतिबाट लालमोहर लागेपछि कानून कार्यान्वयनमा आउने छ ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...