nic bank
himalayan everesat
Nmb bank

व्यापारीको घरमा ज्यूनार गरेपछि प्रचण्डले किन लगाए ब्याक गिएर ? माधवले किन लगाए ब्रेक ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेकपाको दर्ता बदर हुनेगरी सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाविरुद्ध शुक्रबार मुद्दा पुनरावलोकनमा जाने निर्णय अन्तिम चरण रोकिएको छ । प्रचण्डले एमालेको असन्तुष्ट पक्षका नेता माधव नेपालसँग बिहीबार साँझ र शुक्रबार बिहान निवेदन दर्ताबारे व्यापारी टपेन्द्र तिम्सिना र चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए । ती छलफलपछि पुनरावलाेकन निवेदन केही दिन पर सरेकाे छ । ‘पार्टीले अन्तिममा आएर आज निवेदन दर्ता रोकेको छ ।

अर्को सातासम्म दर्ता हुन्छ,’ निवेदन मस्यौदामा संलग्न मुक्ति प्रधानले भने । माओवादी केन्द्रले सो फैसलाबिरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको थियो । सो निर्णयअनुसारै मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनको मस्यौदा तयार भइसकेको छ । मुद्दाको विपक्षी तत्कालीन नेकपाका अध्यक्षको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन निवेदन दर्ता गर्न लागेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले निवेदनको मस्यौदा तयार पारेका हुन् ।

त्यसमा रमण श्रेष्ठ, गोविन्द बन्दी, रामनारायण बिडारी र मुक्ति प्रधानले अन्तिम रूप दिएका थिए । निवेदन दर्ताकै सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता नेपालबीच पछिल्ला बैठक भएका थिए । निर्वाचन आयोगले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपासँगै नाम जुध्ने गरी एमाले–माओवादी केन्द्रको एकीकृत पार्टी दर्ता गरेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई मुद्दा दर्ता भएको थियो ।

यो पनि पढ्नुहोस् :

बीमा कम्पनीको आम्दानी अब यसरी घट्ने भयो निश्चित,घट्यो बीमा समितिको कमिसन

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...