CG Electronics
IME Life
Ncell NPL

व्यापारीको घरमा ज्यूनार गरेपछि प्रचण्डले किन लगाए ब्याक गिएर ? माधवले किन लगाए ब्रेक ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेकपाको दर्ता बदर हुनेगरी सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाविरुद्ध शुक्रबार मुद्दा पुनरावलोकनमा जाने निर्णय अन्तिम चरण रोकिएको छ । प्रचण्डले एमालेको असन्तुष्ट पक्षका नेता माधव नेपालसँग बिहीबार साँझ र शुक्रबार बिहान निवेदन दर्ताबारे व्यापारी टपेन्द्र तिम्सिना र चन्द्रलाल श्रेष्ठको घरमा छलफल गरेका थिए । ती छलफलपछि पुनरावलाेकन निवेदन केही दिन पर सरेकाे छ । ‘पार्टीले अन्तिममा आएर आज निवेदन दर्ता रोकेको छ ।

अर्को सातासम्म दर्ता हुन्छ,’ निवेदन मस्यौदामा संलग्न मुक्ति प्रधानले भने । माओवादी केन्द्रले सो फैसलाबिरुद्ध पुनरावलोकनमा जाने निर्णय गरेको थियो । सो निर्णयअनुसारै मुद्दा दोहोर्याई पाऊँ भन्ने निवेदनको मस्यौदा तयार भइसकेको छ । मुद्दाको विपक्षी तत्कालीन नेकपाका अध्यक्षको हैसियतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन निवेदन दर्ता गर्न लागेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापाले निवेदनको मस्यौदा तयार पारेका हुन् ।

त्यसमा रमण श्रेष्ठ, गोविन्द बन्दी, रामनारायण बिडारी र मुक्ति प्रधानले अन्तिम रूप दिएका थिए । निवेदन दर्ताकै सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता नेपालबीच पछिल्ला बैठक भएका थिए । निर्वाचन आयोगले ऋषि कट्टेल अध्यक्ष रहेको नेकपासँगै नाम जुध्ने गरी एमाले–माओवादी केन्द्रको एकीकृत पार्टी दर्ता गरेपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी बनाई मुद्दा दर्ता भएको थियो ।

यो पनि पढ्नुहोस् :

बीमा कम्पनीको आम्दानी अब यसरी घट्ने भयो निश्चित,घट्यो बीमा समितिको कमिसन

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...