CG Electronics
IME Life
Ncell NPL

कोरोनालाई उछिन्दै जीवन बीमा कम्पनी को ब्यापार रेल गतिमा यसरी फस्टायो, कुन कम्पनीले कति भेला पारे ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

कोरोनालाई उछिन्दै जीवन बीमा कम्पनीको ब्यापार रेल गतिमा यसरी फस्टायो, कुन कम्पनीले कति भेला पारे ? कोरोना कहरमै पनि जीवन बीमा कम्पनीहरुको बिजनेश उल्लेख्य मात्रामा बढेको छ । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरु कोरोनाले जनजीवन अस्तव्यस्त भएको अवस्थामा पनि साढे ३६ प्रतिशतले बिजनेश बढाउन सफल भएका छन् । कोरोना भाइसरको रोकथाम तथा उपचारका लागि सरकारले गत वर्षको ०७६ चैत ११ गतेदेखि साउन ६ गतेसम्म पूर्ण तथा आंशिक लकडाउन गरेको थियो । कोरोनाका कारण एक वर्षको यो अवधिमा अधिकांश व्यवसायको वृद्धि हुन सकेको छैन । तर यो अवधिमा जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन उल्लेख्य मात्रामा बढेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार ०७६ फागुन मसान्तमा ६० अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका कम्पनीहरुले ०७७ फागुन मसान्तमा ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन नै नयाँ व्यवसाय बिस्तार हो ।

सञ्चालनमा रहेको १९ जीवन बीमा कम्पनीले कोरोना कालको १ वर्ष गत फागुन मसान्तदेखि चालु आवको फागुन मसान्तसम्म ३६.६९ प्रतिशत अर्थात् ७ अर्ब ५४ करोड रुपैयाँले थप बिस्तार गरेका छन् । गत वर्षको फागुन मसान्तसम्म २० अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थियो । जुन चालु आवको सोही अवधिमा २८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रीम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरिक सावधिक जीवन बीमा, सामान्य म्यादी जीवन बीमा, आजीवन जीवन बीमा, विशेष म्यादी जीवन बीमा र अन्य प्रकारका बीमाका पोलिसी बिक्री गरी रहेका छन् ।

सो अवधिमा नवीकरण बीमा शुल्क संकलन भने ३६.६६ प्रतिशत अर्थात् १४ अर्ब ४३ करोड रुपैयाँले थप भएको छ । गत आवको फागुन मसान्तमा ३९ अर्ब ३६ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन रहेको गरेका कम्पनीहरुले चालु आवको सोही अवधिमा ५३ अर्ब ७९ करोड रुपैयाँ पुर्याएका छन् । साथै, गत आवको फागुन मसान्तमा १ अर्ब ६० करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा ८० प्रतिशतले घटेर ३२ करोड रुपैयाँमा सीमित भएको छ । यस्तो छ कोरोनाकालमा बीमा व्यवसायको वृद्धिदर गत आवको फागुन मसान्तसम्म बीमा कम्पनीहरुले संकलन गरेको कुल ६० अर्ब २४ करोड रुपैयाँमा ३४.११ प्रतिशत प्रथम बीमा शुल्क, ६४.३४ प्रतिशत नवीकरण बीमा शुल्क र २.६६ प्रतिशत वैदेशिक रोजगारी बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको फागुन मसान्तसम्म ८२ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा ३४.१७ प्रतिशत प्रथम बीमा शुल्क, ६५.४४ प्रतिशत नवीकरण बीमा शुल्क र ०.३९ प्रतिशत वैदेशिक रोजगारी बीमा शुल्क संकलन गरेका छन् । गत आवको फागुन मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १७ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क संकलन ४.५२ प्रतिशतदेखि २३३ प्रतिशतसम्मले वृद्धि भएको छ । सो अवधिमा २ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क संकलन भने घटेको छ । साथै, सो अवधिमा ७.८० प्रतिशतदेखि ४ हजार ४ सय गुणासम्मले नवीकरण बीमा शुल्क संकलन वृद्धि गरेका छन् । वैदेशिक रोजगार बीमा शुल्क संकलन भने सो अवधिमा ८८.८९ प्रतिशतदेखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेका छन् ।

गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्कको वृद्धिदर प्रतिशतको आधारमा हेर्दा सो अवधिमा गुराँस लाइफले सबैभन्दा राम्रो ग्रोथ गरेको छ । साथै, मेट लाइफ र राष्ट्रिय बीमा संस्थानको प्रथम बीमा शुल्क संकलन घटेको छ । नयाँ कम्पनीको राम्रो ग्रोथ प्रथम बीमा शुल्कको ग्रोथ प्रायः पुराना बीमा कम्पनीको भन्दा सञ्चालनमा आएका नयाँ बीमा कम्पनीहरुको बढी छ ।

समितिले पछिल्लो पटक महालक्ष्मीसहित १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालनको अनुमति दिएको हो । सो अघिसम्म १० वटा जीवन बीमा कम्पनीले मात्र व्यवसाय गरिरहेका थिए । समितिद्वारा उपलब्ध तथ्यांकअनुसार ०७६ फागुन मसान्तको तुलनामा ०७७ फागुन मसान्तमा प्रथम बीमा शुल्क बढाउने टप १० जीवन बीमा कम्पनीहरुमा अधिकांश नयाँ आएका कम्पनीहरु नै छन् । गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तमा प्रथम बीमा शुल्क बढाउने टप १० कम्पनीहरुमा नयाँ आएका कम्पनीहरु नै ७ वटा छन् ।

जसमा रिलायन्स, सानिमा, प्रभु, रिलायवल नेपाल, ज्योति, आइएमई र सिटिजन्स लाइफ छन् । गत वर्षको फागुन मसान्तको तुलनामा चालु आवको फागुन मसान्तमा प्रथम बीमा शुल्क बढाउने टप १० कम्पनीहरुमा नयाँ आएका कम्पनीहरु नै ७ वटा छन् । जसमा रिलाइन्स, सानिमा, प्रभु, रिलायवल नेपाल, ज्योति, आइएमई र सिटिजन्स लाइफ छन् । व्यवसाय बिस्तारको टप ५ मा रहेको नयाँ कम्पनी आएका कम्पनीमध्येको प्रभु लाइफले आइपीओ निष्काशनले प्रचार प्रसारमा सहयोग गर्दा प्रथम बीमा शुल्क बढाउन सहयोग पुगेको बताएको छ ।

यो पनि पढ्नुहोस् :

 

बीमा कम्पनीको आम्दानी अब यसरी घट्ने भयो निश्चित,घट्यो बीमा समितिको कमिसन

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...