ज्योति लाइफको आईपिओमा ४४ हजार जनाको आवेदन यसरी भयो अयोग्य,नतिजा हेर्ने यस्ता छन् ४ तरिका
Friday Mar 26, 2021
वि.सं.२०७७ चैत १३ शुक्रवार १८:२१

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गरेको हो।
आईपिओको नतिजा प्रकाशित भएपछि कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार ज्योतिलाइफको वेबसाइट https://jyotilife.com/ , बिकी प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट , http://www.nmbcl.com.np/ , सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । बेलुकासम्ममा नतिजा प्रकाशित हुने बिक्रि प्रबन्धकले जनाएको छ ।
ज्योति लाइफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार दिउँसो १ बजे ज्ञानेश्वर स्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आईपिओ बाँडफाँड गरेको हो।
आईपिओमा कुल १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य आवेदक कायम भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा ४४ हजार ६ सय ४५ जना आवेदक अयोग्य भएका छन् ।
योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँड भएको छ । जसमा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् । आवेदन दिएका मध्ये १२ लाख ४८ हजार आवेदक हात खाली भएका छन् ।
ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १६ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो ।
कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको थियो ।
बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने ब्यबस्था थियो । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहेको थियो । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ ।
आईपिओ नतिजा मेरोशेयर, सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको वेबसाइट र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ ।




























