मानब बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न प्रतिवादी पक्राउ
Friday Mar 26, 2021
वि.सं.२०७७ चैत १३ शुक्रवार २०:३१

बर्दिया | मानब बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न प्रतिवादी पक्राउ परेका छन् । २ जना महिलाहरुलाई भारततर्फ लग्न लगिरहेको अवस्थामा जिल्ला बर्दिया मधुबन न।पा। वडा नं.७ को एरियामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पिडित महिला तथा ओसारपसारमा संलग्न एक प्रतिवादी जिल्ला बर्दिया मधुबन न।पा। वडा नं।१ जगमोहन चोक बस्नेवर्ष २५ को कन्हैयालाल यादवलाई पक्राउ गरीएको हो ।
दुवै पिडित र प्रतिवादीलाई सोधपुछ गर्दा नेपालबाट भारतको दिल्ली हुँदै ओमान पठाईदिन्छु भनि ललाई फकाई प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यलेभारत तर्फ लग्न लागिएकोभन्ने कुरा खुल्न आएको हुँदानिज प्रतिवादीलाईमानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान कार्य अघी बढाईएकोमा सो अपराधिक कार्य बापत निज प्रतिवादीले प्रति व्यक्ती रू.५,०००र( लिने गरेको कुरा खुल्न आएको छ ।
सोही अपराधिक कार्यमा नेपाल तर्फबाट मुख्य एजेन्ट भई पटक(पटक व्यक्तिहरुलाई सम्पर्कमा ल्याई प्रलोभनमा पारी विभिन्न व्यक्तिसँगको संलग्नतामा भारततर्फ पठाउने कार्य गर्दै आएका जिल्ला झापा शिव सताक्छी न।पा। वडा नं। ११ बस्ने बर्ष ४४ को सेखर बहादुर सुनुवारलाई १२ गतेजिल्ला प्रहरी कार्यालय बर्दिया तथा महानगरीय अपराध महाशाखा काठमाण्डौको संयुक्त टोलीले जिल्ला काठमाण्डौ का।म।न।पा। वडा नं। ३१ शान्तिनगरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारीपक्राउ गरी यस जिल्ला प्रहरी कार्यालय बर्दियामा ल्याईआवश्यक अनुसन्धान कार्य अघि बढाईएको हो ।




























