CG Electronics
IME Life
Ncell NPL

माओवादी केन्द्रलाई बलियो कम्यूनिष्ट पार्टी बनाउँछौः प्रभाकर

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेकपा-माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई केन्द्रसँगै गाउँतहबाट सुद्धीकरण गरी बलियो कम्यूनिष्ट पार्टी बनाउँने बताएका छन् । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।
‘नेपालमा कम्यूनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ,’ उनले भने, ‘राष्ट्र र स्वाधिनतामाथि हमला भएकाले राष्ट्रवादी कम्यूनिष्टहरु गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उनले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रुपले भुमिका खेल्नुपर्ने बताए ।

पँुजीवादमा निर्भर हुँदा नेपालमा गरिब झन् गरिब र धनी झन् धनी बन्दै गएको भन्दै उनले राज्यले बजारको अनुगमन मात्र गर्दा जनता धेरै मारमा परेको बताए । ‘विश्वभर पूर्णपुँजीवादी व्यबस्था असफल भईसकेको छ,’ उनले भने, ‘राज्य नियन्त्रित पुँजीवाद अर्थात् समाजवाद आवश्यक भईसकेको छ ।’

नेपालमा समाजवाद प्राप्त गर्न नेतृत्व गर्ने पार्टी आवश्यक भएको भन्दै त्यसका लागि माओवादी केन्द्रलाई उत्पादनसँग जोडिएको पार्टी बनाउनुपर्नेमा स्थायी कमिटी सदस्य प्रभाकरले जोड दिए । पार्टीका सबै कमिटी आन्तरिक जनवाद(लोकतन्त्र)मुलक बनाउनुपर्ने भन्दै सबै नेता, कार्यकर्ता गम्भीर भई गाउँगाउँमा संगठन विस्तारमा तत्काल लाग्न उनले आग्रह गरे ।

माओवादी केन्द्रलाई गरिव, विपन्न, उत्पीडित वर्गको पार्टी बनाउँन देशभर २० लाख घर, परिवारलाई पार्टीमा संगठित गर्नुपर्ने भन्दै उनले पार्टीले एकता अभियानलाई सँगसँगै लगेर देश र जनताका पक्षमा काम गर्ने बताए ।

अर्को फरक प्रसंगमा संघीयता, समावेशी र धर्म निरपेक्षता स्वीकारेर आएकाले एमालेसँग सहकार्य गरेपनि धोका भएको जिकिर गरे । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) फुटाउने फैसला गरेर आत्मनिर्णयको अधिकार हनन् गरेको भन्दै शक्ति केन्द्रहरूका कारण अदालतले त्यस्तो गरेको आरोप पनि लगाए ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का मकवानपुर ईन्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेताहरु ओम घलान, सर्केश घलान, विरबहादुर घलान ‘ज्वाला’, कमानसिं पाख्रिन, प्रकाश पाण्डे, विवेक राई, बालकृष्ण चौलागाई, सुमन पाख्रिन, रामहरी सुवेदी लगायतको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस् :

ज्योति लाइफको आईपिओमा ४४ हजार जनाको आवेदन यसरी भयो अयोग्य,नतिजा हेर्ने यस्ता छन् ४ तरिका

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...