महालक्ष्मी विकास बैंकको १९ औँ वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित
Friday Mar 26, 2021
वि.सं.२०७७ चैत १३ शुक्रवार २२:०५

काठमाडौं । महालक्ष्मी विकास बैंकको १९ औँ वार्षिक साधारणसभाले ९।२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
शुक्रबार सम्पन्न भएको बैंकको साधारणसभाले संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट ८।८० प्रतिशत का दरले बोनस सेयर तथा ०।४६ प्रतिशत नगद लाभांश ९बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि० गरी जम्मा ९।२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै बैंकले साधारणसभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।



























