CG Electronics
IME Life
Ncell NPL

आइएमइले आइपीओ निष्काशन गर्न यसरी सुरू गर्यो यस्तो प्रक्रिया, कहिले हुँदैछ निष्काशन ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

Karnali Saving & Credit Co-operative Society Ltd.

काठमाडौं । मुलुककै सबै भन्दा जेठो र देशकै सबैभन्दा ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

आइपीओ निष्काशन गर्नका लागि प्रक्रिया शुरु गरिएको आइएमइका प्रवन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७८/७९ भित्र आइपीओ जारी गर्ने गरी काम अघि बढाइएको उनले बताए ।

‘आगामी आर्थिक वर्षभित्रै आइपीओ जारी गर्ने गरी काम गरिरहेका छौं,’ ढकालले भने ।

ढकालका अनुसार आइपीओ संभवत बुक बिडिङ विधिमार्फत् निष्काशन हुनेछ । बुक बिडिङ प्रणालीमार्फत आइपीओ जारी गर्दा १०० रुपैयाँमा किन्न पाइँदैन ।

हाल आइएमइको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्तिमा १० देखि ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्ने ढकालले सुनाए ।

‘कम्तिमा १० देखि बढीमा ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्छौं,’ ढकालले भने ।

आइएमइले २० वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । ३ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको आइएमइ नेपालकै ठूलो र लोकप्रिय कम्पनी हो । धेरै डलर भित्र्याएको भन्दै सरकारले आइएमइलाई सीआइपी सम्मानबाट सम्मानित गरिसकेको छ ।

आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

आइएमइ ग्रुपले आफ्नो लगानीमा भएका निजी कम्पनीहरुलाई धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गरिरहेको छ ।

व्यवसायलाई पारदर्शी र उत्तरदायी बनाउने रणनीतिअनुसार निजी कम्पनीलाई पब्लिक बनाइएको ढकालले जानकारी दिए । आफूहरुले आफ्नो मात्रै फाइदा नहेरेर आम सर्वसाधारणलाई स्वामित्व र नाफा बाँड्ने मोडालिटीमा बिजनेश अघि बढाउने रणनीति अनुसार काम गरिरहेको ढकालले जानकारी दिए ।

‘कुनै पनि ब्यवसायमा आम सर्वसाधारणको अपनत्व भयो भने सबैको हित मात्रै हुँदैन, त्यो बिजनेशको पनि ग्रोथ हुन्छ,’ उनले भने, ‘हामी हजारौं सर्वसाधारणलाई कम्पनीको मालिक बनाएर उहाँहरु सँगसँगै अघि बढ्न चाहन्छौं ।’

३ दशकअघि देख शुरु भएको आइएमइ ग्रुप अहिले नेपालका केही ठूला व्यापारिक घरानामध्येको एक हो । छोटो समयमै उल्लेख्य प्रगति गरेको यो समूहले अहिलेसम्म हात हालेका क्षेत्रमा सफलता मात्रै हासिल गरेको छ ।

आइएमइ ग्रुपको अध्यक्षमा व्यवसायी चन्द्र ढकाल छन् । ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन् । उनको लगानीमा दर्जनको हाराहारीका वित्तीय संस्था सक्रिए छन्।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...