nic bank
himalayan everesat
Nmb bank

पूर्व खानेपानी मन्त्री मगरले भन्नुभयो, “हाम्रो अथक मेहनतले मेलम्चीको पानी खाने सपना बल्ल पुरा भयो ।”

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । पूर्व खानेपानी मन्त्री बीना मगरले शुक्रबार मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

मेलम्ची खानेपानी आयोजना विकास समितिको विशेष निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी पूर्व खानेपानी मन्त्री मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो । मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई खुवाउन आफ्नो कार्यकाल भरी अहोरात्र खट्नु भएकी पूर्व मन्त्री मगर काठमाडौंमा पानी वितरण हुनु अघि सुन्दरीजल पुग्नु भएको हो ।

सुन्दरीजल पुगेपछि उहाँले पत्रकारहरु माझ भन्नुभयो, ‘हाम्रो अथक मेहनत र योजना मुताबिक मेलम्ची आयोजनाको कामले तीब्रता पाएको हो । उपत्यकाबासीको मेलम्चीको पानी पिउने सपना अब करिब पुरा भएको छ ।’

मेलम्चीबाट सुरुङ मार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भईसकेपछि काठमाडौं उपत्यकामा वितरण गरिनेछ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबारै उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभिन्न समयमा जारी गरेका तथ्यांकहरुमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढिलो हुन गएको थियो । इटालियन कम्पनी सिएमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो ।

मगरको कार्यकालमा सुरुङ मार्ग निर्माण, सुरुङको ब्रेक थ्रुदेखि हेडवक्र्स, सेन्सरगेट, प्रशोधन केन्द्र लगायतका क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा मन्त्रालयको निरन्तर अनुगमन, निर्देशन र समस्या समाधानमा गरिएको सहजीकरण आयोजनाका लागि निकै फलदायी भएको समेत चर्चा छ ।

कस्तो रह्यो पूर्व मन्त्री मगरको कार्यकाल रु

चाइनिज निर्माण व्यवसायी चाइना रेलवेबाट ६४१७ मिटर समेत गरी जम्मा २५९२० मिटर सुरुङ्ग खन्ने तथा प्रारम्भिक सपोर्ट लगाउने कार्य गत चैत्र २७ गते ब्रेक थु्र भएको थियो । हेडवक्र्स निर्माण क्षेत्रमा १ लाख घनमिटर ओपन कट तथा स्लोप स्टबिलाइजेशन गर्ने काम सम्पन्न भएको थियो । आयोजनाको सुरुङभित्र भुइँ ढलान गर्ने कार्य मगरकै पालामा पूर्ण रुपमा सम्पन्न भएको थियो ।

पूर्वमन्त्री मगरकै सक्रियतामा ६२ प्रतिशत प्रगति रहेको आयोजनाले ३० महिनाको अवधिमा ९७ प्रतिशत प्रगति हासिल गरेको थियो । आयोजनाको निर्माण कार्य सम्पन्न भएर सुरुङभित्र पानी परीक्षण गर्ने क्रममा आकस्मिक दुर्घटना भएपछि मेलम्चीको काममा अवरोध पैदा भएको थियो । तर, त्यसको समाधानका लागि मगरले अनवरत प्रयास गरेर आयोजनाको उद्घाटनको समेत वातावरण बनिरहेको बेला प्रतिनिधि सभा बिघटन गर्ने प्रधानमन्त्रीको कदमप्रति असहमति जनाउँदै मगरले राजीनामा दिएपछि आयोजनामा फेरि सुस्तता देखिन पुगेको थियो ।

कुन मन्त्रीको काम कति रु

मेलम्ची आयोजनाको परिकल्पना भएको ४६ वर्ष पुग्यो । यसको सम्भाव्यता अध्ययन भएको २७ वर्ष पुग्यो । मेलम्ची खानेपानी आयोजना विकास समिति गठन भएको २० वर्ष भयो । त्यसयता मेलम्ची विकास समितिले आयोजनाको काम निरन्तर अगाडि बढाइरहेको थियो । तर, मन्त्री फेरिएपछि आयोजनाको कामले गति लिन सकेन ।

२६ वर्षको अवधिमा प्रेमबहादुर सिंहदेखि बिना मगरसम्म २२ जना मन्त्री भए । २२ जना मन्त्रीले २६ वर्षमा ७० प्रतिशत काम गर्दा त्यसबारे खासै चर्चा भएन । तर बिना मगरले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै आलोचना भइरह्यो । तर, मन्त्री बिना मगरभन्दा पूर्वका डेढ दर्जन मन्त्रीहरुको कुल कार्यकालमा मेलम्ची आयोजनाको काम ७० प्रतिशत मात्र सम्पन्न भयो । खानेपानी मन्त्रीमा बिना मगर आएपछि आयोजनाको कामले गति लियो । तर उहाँ आएपछि मेलम्चीको भौतिक प्रगति ९७ प्रतिशत पुग्यो । मन्त्री मगरको २१ महिने अवधि सम्म आईपुग्दा मेलम्चीको भौतिक प्रगति करिब ९७ प्रतिशत पुग्दा पनि आलोचना हुन छाडेन ।

मन्त्री मगरले यस अवधिमा खानेपानी ऐन, ढल नीति बनाउनुका साथै ठूला आयोजनाको सम्भाव्यता अध्ययनको काम समेत अघि बढाइन् । आफ्नो कार्यकालमा मन्त्री मगरले मेलम्ची आयोजनालाई नै मुख्य जिम्मेवारीका रुपमा लिँदै छिटोभन्दा छिटो आयोजनाको काम सम्पन्न गर्न अग्रसरता देखाइन् । तर राष्ट्रिय राजनीतिमा आएको उतारचढाव र फेरबदलले गर्दा मेलम्ची आयोजनाको उद्घाटन गर्ने अवसर पूर्वमन्त्री मगरलाई जुटेन ।

यो पनि पढ्नुहोस् :

ज्योति लाइफको आईपिओमा ४४ हजार जनाको आवेदन यसरी भयो अयोग्य,नतिजा हेर्ने यस्ता छन् ४ तरिका

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न दिन आवश्यक : मन्त्री बस्नेत

देशमा उत्पादित प्राकृतिक श्रोतहरुलाई आर्थिक विकासमा जोड्न...

वि.सं.२०८१ वैशाख ५ बुधवार १३:३०

  उर्जा जल श्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले...