CG Electronics
IME Life
Ncell NPL

खुल्ला सचिवमा चौलागाईलाई किन जिताउने ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि आगामी २५ गते निर्वाचन हुने भएपछि चुनावी सरगर्मी बढेको छ । चुनावी सरगर्मी बढिरहेको बेला खुल्ला सचिवमा उम्मेदवारी दिएका गोविन्द प्रसाद चौलागाईंलाई जिताउनुपर्छ भन्ने आवाज देशैभरका पत्रकारहरुले उठाउन थालेको छन् । यो आवाज उनलाई माया गरेर उठाएका भने होइनन् । उहाँले आम पत्रकार र समग्र पत्रकारिता क्षेत्रकै हक हितका लागि उठाउनुभएका मुद्दाकै कारण उहाँलाई महासंघको नेतृत्वमा ल्याउनुपर्छ भन्ने आवाज उठेको हो ।

आफ्नो कर्तव्य पूरा गर्ने क्रममा पत्रकारहरु संकटमा पर्ने गरेका छन् । विगतमा पत्रकारहरु अप्ठ्यारो पर्दा चौलागाईं अग्रभागमा उभिने गर्नुहुन्थ्यो । काठमाडौ जिल्लामा सचिव हुँदै दुई दुई पटक अध्यक्ष भईसक्नु भएका चौलागाईं केन्द्रीय सदस्यको जिम्मेवारी समेत पत्रकारहरुकै हक हितका लागि लडेर विताउनुभएको विगत स्मरणयोग्य छ ।

केन्द्र्रीय सदस्य रहँदा साना लगानी हक हितका संरक्षण समितिको संयोजक भई समानुपातिक विज्ञापन बृद्धि गराउन, पत्रकार स्वास्थ्य उपचार कोष बृद्धि गराउन, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गराउन कोभिड–१९ को मारमा परेका संचारकर्मीहरुलाई राहत दिलाउन जिल्ला जिल्लाबाट प्रेस पास र अनलाइन नविकरण गराउने जिल्ला जिल्लाबाट गर्ने व्यवस्था मिलाउन, लामो समय देखि रोकिएको लोक कल्याणकारी रकम पत्रपत्रिकाहरुलाई भुक्तानी दिलाउन सक्रियताका साथ लागि पर्नु भएका खुल्ला सचिवका उम्मेदवार चौलागाईंले काठमाडौ शाखामै रहँदा पत्रपत्रिकालाई जबरजस्ती मूल्य अभिबृद्धि करमा जानु नपर्ने गरी ऐनकै अनुसूचीमा प्रष्ट बनाउन दबाब दिई सो बाध्यताबाट छुटकारा दिलाएका थिए ।

काठमाडौ शाखाको इतिहास मै पहिलो पटक शाखामा विरामी पत्रकारहरुका लागि पत्रकार स्वास्थ्य उपचार कोषको स्थापना गराएका थिए भने स्वर्गीय पत्रकारहरुका सबैको नाममा पहिलो पटक नै पुरस्कारको स्थापना गरिदिने मुद्दाको थालनी गराएका थिए । नाकाबन्दीमा उपत्यकाका सबै सञ्चारगृह देखि सबै पत्रकारहरुका लागि इन्धन सहज रुपमा उपलब्ध गराउन विशेष भूमिका खेल्नुभएको सन्दर्भ पत्रकारहरुले यतिबेला चर्चा गरिरहेका छन् ।

नाकाबन्दीजस्ता असहज परिस्थितिमा पनि सबै पत्रकारहरुबीचमा पुग्ने चौलागाईंले श्रमजीवि पत्रकारहरुका हितमा समेत उल्लेखनीय काम गरेका छन् । राजधानीका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुका लागि समयमा पारिश्रमिक नदिने मिडिया हाउसहरुमा पुगी श्रमजीविको पक्षमा खुलेर वकालत गर्नेमा चिनिनुहुन्छ । पत्रकार चौलागाईंले लोकतन्त्र र अभिमुखी तथा प्रेस स्वतन्त्रताको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

सँधै पत्रकारका हितमा क्रियाशिल उहाँले लकडाउनका बेला ११ वटा जिल्लामा पत्रकारहरुका अवस्था बुझ्न पुगेका थिए भने लकडाउनकै बेला उपत्यकाका ६ सय भन्दा बढी पत्रकारहरुलाई निःशुल्क मुखको उपचार गराउन सफल भएका थिए । सञ्चारकर्मीको हितमा मात्रै नभएर मोसफलका सञ्चारमाध्यमको प्रवद्र्धनमा चिन्तनशील उनलाई महासंघको चुनावमा अत्याधिक मतले विजय गराउन देशैभरका पत्रकारहरु एकजुट भएको देखिन्छ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...