गोकर्णेश्वर नगर कमिटिको आययोजनामा दोश्रो मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेश्र मन्दिर परिसरमा सम्पन्न
Sunday Mar 28, 2021
वि.सं.२०७७ चैत १५ आइतवार २०:४३

काठमाण्डौ । यही मिति २०७७ चैत १४ गते शनिबार गोकर्णेश्वर नगर कमिटिको आययोजनामा दोश्रो मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेश्र मन्दिर परिसरमा सम्पन्न भयो ।
यस कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगर प्रमुखले गरेका थिए भने अतिथिगणहरुमा गोकर्णेश्वर नगर उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दिपक रिसाल , अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा लगायतका २५ जनाभन्दा बढी अथितिको उपस्थिति रहेको थियो भने यस खेललाई प्रमखु अतिथि सन्तोष चालिसेले पानसमा बत्ती बोलर समुदघाटन गरेका थिए ।
यस मुवॉथाइ खेल विहान ११ बजेदेखि शुरु भएर दिउसो ५ बजे सम्पन्न भयो खेल प्रेमि हरुको बाक्लो भिड रहेको थियो ।
उक्त खेलमा देशभरका खेलाडीहरुको सहभागितामा १४ खेल समावेश गरिएको थियो । खेलमा १८ जना खेलाडी सहभागी मध्य २ जना महिला सहभागी भएका थियो । जसमा ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जी¨ शेर्पा , प्रविन राई र नवराज पराजुलीले हात पारे, ५१ के।जीको वेल्ट खेलमा अन्नन राई र लोप्साङ तामा¨ले जितेका छन् । भने ५४ के।जी ६० के।जी। ६३ के।जी। ६७ के।जी। ७२ के।जी मा क्रमस हेवी राई , सन्दीप तामा¨ , दावा फुन्जो शेर्पा , अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जित्न सफल भए भने महिला तर्फको ५१ के।जीमा देनिका राईले वेल्ड जित्न सफल भईन ।

उक्त खेलका विजेता खेलाडीहरुलाइ प्रमखु अतिथि सन्तोष चालिसे लगायत उपप्रमुख शान्ति नेपाल सल्लाहकार दिपक रिसाल लगायतकाले वेल्ट र मेडल वितरण गरेका थिए यश आयोजनाको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक रहेको थियो सो कार्यक्रममा म्याक्स मुवाँथाई क्लब का अध्यक्ष तथा प्रशिक्षक सानू कुमार श्रेष्ठ र नेपाल राष्ट्रिय मुवाँथाई संघका प्रमुख प्रशिक्षक तथा अध्यक्षले अर्थ सवाल साप्ताहिकका सम्पादक तथा प्रकाशक रमेश कुमार बोहोरा सह(सम्पादक योगेन्द्र चौलागाईं संवाददाता अंकध्वज मोते र रोशन ज्ञवाली लाई प्रशंसा(पत्र द्वार सम्मान गर्दै अर्थ सवाल साप्ताहिकले गोकर्णेश्वर मुवाथाई नगर कमिटिद्धारा आयोजित नेपाल मुवाँथाई च्याम्पियन २०२१ लाई सफल पार्नका लागि मिडिया पार्टनरको रुपमा पुर्याउनु भएको अमुल्य सहयोग यो कमिटिले कहिल्यै नभुल्ने भन्दै निकै प्रशंसा गरेका थिए यस खेलका आयोजक अध्यक्ष सानु श्रेष्ठले समापन गरेका थिए ।


























