मुख्य खबर

पाथिभारा माताको दर्शनसँगै चैत्र १६ गतेको राशिफल

  • आर्थिक प्लस संवाददाता

    २०७७ चैत्र १६ गते, सोमबार ०९:४० मा प्रकाशित

मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

दिन राम्रो रहनेछ । धन लाभको स्थिती बन्नेछ, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोगनाश, शत्रु बाधाबाट मुक्ति, रिण लाभको अवस्था आउने वा प्राप्त हुने, व्यापार व्यवसायमा लाभ, लगानी लाई आज समय उत्तम छ, नयाँ नौलो मान्छेहरुसँग भेटघाट हुने र त्यसको दुरगामी फाइदा हुने सम्भावना पनि बलियो छ, कसै कसैलाइ आज आफनै घरमा बस्नु पर्ने स्थिती पनि आउन सक्नेछ । प्रेम सम्बन्धमा मधुरता आउने । विद्यार्थीहरुलाइ समय राम्रो छ, खर्चमा भने नियन्त्रण राख्नुहोला ।

वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यर्थमा अलमलिने खालको समय छ, सोचेको आँटेको काम पुरा नहुन सक्छ, शत्रुले दुख दिन सक्नेछन । मन अशान्त हुने, आयमा बाधा, धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । रोगव्याधिले सताउन सक्छ, सामाजिक छवि खराब हुन सक्ने योग चलेकोले आज विवादबाट टाढै रहनु होला । व्यवसायमा बाधा भएकोले लगानी गर्दा जानकारको सल्लाह लिनु होला । यात्रा गर्दा वा सवारी साधन चलाउँदा भने आज सावधान हुनु पर्नेछ ।

मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)

दिन अनुकुल नहुन सक्छ , मानसिक तनाव बढन सक्ने, प्रत्येक कार्यमा खर्च बढी हुन थाल्ने, कलह, कार्यहरुमा बाधा, गरेको काममा बिध्न बाधा आउने, मान सम्मानमा कमी, शत्रु बाधा, धनको नोक्सानी, दन्ड जरिवाना हुन सक्ने, रोगव्याधिले सताउने, नेत्र सम्बन्धि रोग तथा खानपानमा समस्या देखा पर्ने, कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ । कसै कसैलाई घरबाहिर बस्नु पर्ने अवस्था पनि आउने र मनमा कलुषित विचार उत्पन्न हुन सक्छ । विद्यार्थीहरुको पढाइमा मन नलाग्ने हुन सक्छ ।

कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मन प्रसन्न हुने खालको दिन छ । विविध प्रकारको लाभ को साथै गरेका कार्यहरुमा सफलता पाइने, मान सम्मान मा वृद्धि को साथै शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य जीवनमा सुख, मित्र सुख, शत्रु बाधा हटने, कसै कसैलाइ छोटो दुरीको यात्राको अवसर प्राप्त हुने योग छ । नयाँ कार्यको शुरुवात को लागि दिन राम्रो छ । विद्यार्थीहरुको लागि समय उत्तम रहनेछ ।

सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दिन अनूकूल छैन । व्यर्थको श्रम, अनावश्यक खर्च, धन हानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने, मनमा गलत विचारहरु आउने । आज तँपाइको धन, घरपरिवारको लागि वा अचल सम्पत्ति खरीद गर्नमा खर्च हुन सक्नेछ । आफन्त बन्धु बान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, अचानक हुने विवादले उग्र रुप लिने, चित्त दुख्ने स्थिति आउन सक्छ । मित्रसँग विवाद हुने वा मित्रले धोका दिन सक्ने । शारिरिक पीडा, चोटपटक दुर्घटना आदि हुन सक्ने सम्भावना पनि भएकोले सचेत रहनु होला ।

कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

उत्साहजनक दिन छ, मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनु भएमा भाग्यले साथ दिनेछ । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने योग छ । दिमागमा महत्वाकाँक्षी विचारहरुले सकारात्मक रुपमा उर्जीत गर्नेछ । रमाइलो खानपान र पारिवारिक भलाकुसारी हुन सक्नेछ । रोग र ऋणबाट राहत प्राप्त हुने दिनको रुपमा रहेकोले प्रयास चाँही गर्नु होला । मित्रहरुले सहयोग गर्नेछन, घरमा विवाह सम्बन्धि कुरा चल्न सक्नेछ, व्यापार व्यवसायमा परिवर्तनलाइ राम्रो समय छ, नयाँ शूरुवात गर्न लागेको हो भने गर्दा हुन्छ ।

तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शारिरिक शिथिलताले दिन अमिलो बनाउन सक्नेछ, आर्थिक परेशानी हुनसक्ने भएकोले सावधान रहनु होला ।। आज मेहनत बढी तर उपलब्धि कम हुने खालको दिन छ, मानसिक खिन्नता हुने, गरेका कार्यहरुमा बाधा आउने, धनको अभाव महसुस हुने वा अत्यधिक खर्च हुने, मानसिक अशान्ति, शारिरिक कष्ट, पराक्रममा कमी आउने । आलस्य बढने । खर्चमा वृद्धि । कसै कसैलाई नजिककाहरुबाट अपमान बेहोर्नु पर्ने पनि हुन सक्छ, यात्रा गर्दा विशेष सावधानी राख्नुहोला, संक्रामक रोगहरुबाट बच्नुपर्ने दिन छ । विद्यार्थीहरुको लागि समय कठिन छ । व्यापार व्यवसायमा ऋण लिनु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

वृश्चिक–SCORPIO (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शुभ समाचारहरु आउन सक्ने दिन छ । संवाद र छलफलले ठूलो समस्याबाट मुक्त हुन मद्दत गर्नेछ, उनीहरुको सहकार्यले तँपाइका योजना र लक्ष्यहरुलाइ फरक ढंगबाट हेर्ने दृष्टिकोण प्राप्त हुनेछ र अडकिएका कार्यहरुले गति लिनेछ । आज भोग विलास, खानपान वा रमाइलो जमघटमा रुचि जाग्न सक्छ, आय स्रोतको नयाँ बाटो फेला पर्न सक्ने सम्भावना भएकोले प्रयास चाँही निरन्तर गर्नुहोला, मनमा धेरै कुरा सोच्ने बानीलाइ त्याग गर्न सक्नुभएमा दिन सुखमय बित्नेछ । विवादबाट भने आज टाढा रहनु होला ।

धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा एक भन्दा बढी क्षेत्रमा हात हाल्ने अवस्था आउन सक्छ, कार्य क्षेत्रमा तँपाइको कदर हुने सम्भावना बलियो छ । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ । आफूले मान्नु पर्ने जेष्ठ नागरिकको आशिर्वाद र सहयोग लिनु होला, भूमि, वाहन सुख को साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएको छ ।

मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भाग्यमा अवरोध आइरहेकोले बिना कारण झगडा हुने, नसोचेको दोष लाग्ने सम्भावना छ । मान प्रतिष्ठामा नसोचेको धक्का लाग्ने सम्भावना छ ।स्वास्थयको विषेश ख्याल राख्नु होला । मित्रहरुसँग वा सहकर्मीहरुसँग वा नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव हुन सक्ने भएकोले विवाद बाट बच्नु होला छोटो दुरीको निरर्थक भ्रमण हुने योग पनि देखिएको छ । पार्टनरशीप व्यवसायमा समस्या आउन सक्छ । दाम्पत्य सुखमा बाधा कलहको योग आएको छ ।

कुम्भ–AQUARIUS (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दिन सोचे नहुन सक्छ । भय तथा चिन्ता पर्ने, व्यर्थको श्रम, मानसिक तनाव, कष्टदायी अनुभव हुने, रोगले सताउने, धन हानी हुने, अरुसँग विवाद र झगडा आदि हुने योग छ । मनमा केही कुराको डर लागिरहने हुन सक्छ । पारिवारीक मmमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले बनिसकेको काम विग्रन सक्छ । दाम्पत्य सम्बन्ध जोगाउन, गुप्त सम्बन्धबाट टाढा रहनु पर्नेछ । जागीर वा व्यवसायमा परिर्तन को संकेत देखिन सक्छ । कुनै नराम्रो घटनामा मुछिने वा अरुको षडयन्त्रको शिकार हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न, सचेत रहनु होला ।

मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय उत्तम रहने छ । धन लाभ, वाहन सुख, वैवाहिक सुख, शत्रु पराजित हुनेछन, मान सम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजन प्राप्ती को योग छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोग विलास मनोरन्जन र स्त्री सुखमा रुचि बढन सक्छ । कसै कसैलाइ घरबाट टाढा जानु पर्ने अवस्था अथवा टाढाको मान्छेसँग भेट हुने सम्भावना लाई पनि नकार्न सँकिदैन, व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ ।