CG Electronics
IME Life
NIMB

होलिडे इन र क्लब चौलानीबीच होटल व्यवस्थापन सम्झौता, धनगढीमा पाँचतारे होटल निर्माण हुने

NIMB
Himalayan Bank

 

काठमाडौं। अन्तर्राष्ट्रिय होटल चेन ‘होलिडे इन’ र क्लब चौलानी लिमिटेडबीच होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ। बुधबार होलिडे इन रिसोर्ट बुढानिलकण्ठमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको प्रमुख आतिथ्यतामा सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा क्लब चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष डा. राजेन्द्र के.सी. तथा ‘होलिडे इन’का दक्षिण एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन्। सो अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा परियोजनासम्बन्धी विवरण, लगानी संरचना तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। साथै होटल परियोजनाको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि गरिमा क्यापिटललाई प्रवर्द्धकका रूपमा नियुक्त गरिएको जानकारी पनि दिइएको छ।

धनगढीमा निर्माण हुन लागेको ‘होलिडे इन, धनगढी’ सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पाँचतारे होटल हुने जनाइएको छ। होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन्।

यसका अतिरिक्त करिब १८,५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक व्यान्क्वेट हल, ७०० जनासम्म अट्ने भव्य कार्यक्रम स्थल, रूफटप स्विमिङ पुल, बहु–परिकार रेस्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित फिटनेस सेन्टर, बैठक तथा सम्मेलन कक्षहरू र निजी डाइनिङ सुविधाहरू रहनेछन्।

परियोजनाको कुल लगानी करिब रु. २२० करोड रहेको छ। जसमा करिब ६५ प्रतिशत (रु. १४३ करोड) बैंक ऋण तथा ३५ प्रतिशत (रु. ७७ करोड) प्रवर्द्धकहरूको स्व–पूँजीबाट व्यवस्थापन गरिनेछ।

धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता तथा आर्थिक गतिविधिका दृष्टिले सम्भावनायुक्त क्षेत्र मानिन्छ। भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको धनगढीले ठूलो संख्यामा भारतीय पर्यटक आकर्षित गर्ने सम्भावना बोकेको छ। साथै सुदूरपश्चिमका सात जिल्लाको प्रमुख प्रवेशद्वारका रूपमा विकसित हुँदै गएको धनगढी, महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।

‘होलिडे इन, धनगढी’ परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यावसायिक पर्यटन तथा अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआत गर्ने विश्वास लिइएको छ। यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...