NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

नेपाल र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजना सम्बन्धी ऋण सम्झौतामा हस्ताक्षर

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहमा दुवै देशका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

जापानले जाइकामार्फत उपलब्ध गराउने कुल ३४.५९ अर्ब जापानी येन (करिब रु. ३१.७६ अर्ब) बराबरको ऋणमा १० वर्ष ग्रेस अवधि, ३० वर्ष भुक्तानी अवधि तथा ०.२ प्रतिशत वार्षिक ब्याजदर रहनेछ।

आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि.पि. राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनको दबाब कम गर्न तथा ट्राफिक जाम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।

सम्झौतामा नेपाल सरकारतर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापान सरकारतर्फबाट महामहिम जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै ऋण सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।

समारोहमा जाइकाका प्रमुख प्रतिनिधि मित्सुजाकी, जापानी राजदूत तोरु र अर्थमन्त्री खनालले सम्बोधन गर्दै नेपाल–जापान द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

जापानी राजदूतले परियोजना सम्पन्न भएपछि उपत्यकाको यातायात व्यवस्थापनमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गर्दै नेपाल–जापानबीचको दशकौँ पुरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे। अर्थमन्त्री खनालले कोटेश्वर क्षेत्र उपत्यकाको जामयुक्त क्षेत्रमा दीर्घकालीन समाधान ल्याउने उद्देश्यले आयोजना अघि बढाइएको बताए।

कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।

मिति: २०८२ मंसिर १७ गते, बुधबार
टंक प्रसाद पाण्डेय
सह–सचिव एवं प्रवक्ता

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता,...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८

  काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...