CG Electronics
IME Life
Ncell NPL

सहुलियतपूर्ण कर्जा लिनेको संख्या ह्वात्तै बढ्यो, कृषिमा मात्रै भयो ८२ अर्ब बढी लगानी

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 


काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

चालू आर्थिक वर्षको ८ महिना (साउन–माघ)को अवधिमा सहुलियत कर्जा लिनेको संख्या ११० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा मात्रै थप ३५ हजार ७५८ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

सहुलियक कर्जा लिने मध्ये अधिकांशले व्यावसायिक कृषि तथा पशुपालनाका र महिला उद्यमशीलका लागि लिएका छन् । कुल ६८ हजार २०६ ऋणी मध्ये ९७ प्रतिशत अर्थात् ६६ हजार २८० जनाले कृषि र महिला उद्यमका लागि सहुलियत ऋण लिएका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल ३२ हजार ४४८ जनाले सहुलियत कर्जा लिएको ८ महिनामै त्यो दोब्बरभन्दा धेरैले बढेर ६८ हजार २०६ पुगेको छ । यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत १ खर्ब १२ अर्ब २ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।

चालू आवमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतपूर्ण कर्जा अन्तर्गत थप ५२ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । गत असार मसान्तसम्म बैंकहरुले यस्तो कर्जा अन्तर्गत ५९ अर्ब ५६ करोड लगानी गरेका थिए ।

पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुले अनिवार्य सहुलियतपूर्ण कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेपछि यस्तो कर्जा लिनेको संख्या बढ्दै गएको हो । राष्ट्र बैंकले संख्या नै तोकेर अनिवार्य कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि पहिलाकोभन्दा सहजै ऋण पाउने अवस्था सृजना हुँदा यस्तो ऋण लिनेको संख्या ह्वात्तै बढेको हो ।

सहजै सहुलियतपूर्ण कर्जा नपाएको गुनासो बढेपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले एक आर्थिक वर्षम न्यूनतम ५०० वटा वा प्रतिशाखा १० जना र विकास बैंकहरूले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ जनालाई सहुलियत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

९७ प्रतिशत कर्जा कृषि र महिला उद्यमशीलमा

सहुलियक कर्जा लिने मध्ये अधिकांशले व्यावसायिक कृषि तथा पशुपालनाका र महिला उद्यमशीलका लागि लिएका छन् । कुल ६८ हजार २०६ ऋणी मध्ये ९७ प्रतिशत अर्थात् ६६ हजार २८० जनाले कृषि र महिला उद्यमका लागि सहुलियत ऋण लिएका छन् ।

माघसम्ममा ३५ हजार ८१३ जनाले कृषि तथा पशुपालनका लागि ८२ अर्ब १८ करोड ऋण लिएका छन् भने ३० हजार ४६५ जनाले महिला उद्यमका लागि २७ करोड ५ लाख रुपैयाँ सहुलियत कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ ।असार मसान्तसम्म कृषिका लागि २४ हजार ७६३ जनाले ५४ अर्ब ११ करोड र ६ हजार ६८२ जनाले महिला उद्यमशीलताका लागि ४ करोड ३५ लाख सहुलियतपूर्ण कर्जा लिएका थिए ।

यसैगरी, चालू आवको माघसम्ममा दलित समुदाय व्यवसाय विकासको लागि ६८३ जनाले सहुलियत कर्जा लिएका छन् । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले ४० करोड ६९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार हालसम्म उच्च र प्राविधिक व्यावसायिक कर्जा अन्तर्गत ८८ जनाले ३ करोड ३३ लाख, २३८ जनाले भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा ५ करोड ५८ लाख लिएका छन् ।

यसैगरी, कपडा उद्योग सञ्चालनका २०३ जनाले १७ करोड ४३ लाख, शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत ११९ जनाले ५ करोड ५४ लाख र ५९६ जना विदेशबाट फर्किएका युवाले ४४ करोड ९१ लाख रुपैयाँले सहुलियत कर्जा लिएका छन् ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...