CG Electronics
IME Life
Ncell NPL

२० वर्ष पछि खुल्यो भन्सार एजेन्टको लाइसेन्स,यस्तो छ लाइसेन्स परीक्षाको पाठ्यक्रम

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  करिब २० वर्षदेखि नखुलाएको भन्सार एजेन्टको लागि सरकारले इजाजत लिन इच्छुक व्यक्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ । भन्सार विभागले इजाजतपत्र लिन इच्छुकका लागि अनलाइन दरखास्त आह्वान गरेको हो । विभागका अनसार तोकिएको आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेवसाइट www.customs.gov.np मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली लिङ्कमार्फत दरखास्त दिन सक्नेछन् ।

सरकारले लामो समयपछि खुलाएको भन्सार एजेन्टको लागि आवेदन दिन योग्य २१ वर्ष उमेर पुगेको हहुनुपर्ने विभागले जनाएको छ । यस्तो हुनुपर्नेछ योग्यता सरकारले एजेन्ट बन्नको लागि विभिन्न योग्यताको आवश्यक पर्ने जनाएको छ । जसमा एजेन्ट बन्नको लागि २१ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ । साथै, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी कम्तीमा ३ महिनाको आधारभूत तालिम लिएको हुनुपर्नेछ । यस्तै, विभागले नेपाल सरकारलाई तिर्न बुझाउनुपर्ने रकम बाँकी नभएको र कुनै फौजदारी अभियोगमा अदालतबाट कसूर प्रमाणित नभएको हुनुपर्नेछ ।

विभागको आह्वान गरेको सुचना अनुसार परीक्षाको किसिम लिखित र अन्तर्वाता दुबै हुनेछ । उक्त दरखास्त दिँदा ३ हजार लाग्ने विभागले जनाएको जनाएको छ । दरखास्तको लागि अन्तिम मिति बैशाख ५ गते र दोब्बर दस्तुर तिरेर बैशाख १२ गतेसम्म बुझाउन सक्नेछन् । विभागले लिखित तथा अन्तवार्ताबाट छनौट भएका व्यक्तिले नतिजा प्रकाशन भएको ९० दिनभित्र भन्सार इजाजत दस्तुर बापत ७ हजार तिर्नुपर्नेछ । साथै, धरौटीबापत ७ लाख रुपैयाँ नगद वा सो रकम बराबरको बैंक जमानत बुझाएपछि भन्सार विभागबाट भन्सार एजेन्टको इजाजत प्राप्त गर्न सक्नेछन् । यस्तो छ परीक्षाको पाठ्यक्रम भन्सार एजेन्टको लागि विभागले लिखित र अन्तवार्ता गर्ने भएको छ । यसको लागि विभागले १०० को पूर्णाङ्क तोकेको छ ।

जसमा बस्तुगत बहुउत्तर परीक्षा प्रणाली हुने जनाएको छ । त्यस्तै विभागका अनुसार प्रश्न संख्या ५० को लागि १ घण्टाको समय तोकेको छ । आवेदकहरूले ४० नम्बर ल्याएमा उत्तीर्ण हुनेछ । त्यस्तै, विभागले अन्तवार्ताको लागि २० पूर्णाङ्क तोकेको छ । पाठ्क्रममा भएका सबै पाठ्यांशहरुबाट यथा सम्भव प्रश्न सोधिनेछन् भने गल्ती गरेको उत्तरका लागि २० प्रतिशत अंक कट्टा गरिनेछ । त्यसैगरी, लिखित परीक्षाबाट छनौट भएका विद्यार्थीहरुलाई मात्र अन्तवार्ता समावेश गराइनेछ । विभागले तोकेको पाठ्यक्रम अनुसार लिखित परीक्षाको लागि अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियाबाट ४० अंकको, नेपाल कानून सम्बन्धी जानकारीबाट ३० अंक, भन्सार सम्बन्धी विषयहरूबाट २० अंकको र विविधबाट १० अंकको प्रश्न सोध्ने विभागले जनाएको छ ।

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद : शैक्षिक सुधारमा जोड

शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद : शैक्षिक...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४८

  बाजुरा । शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै

एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२०

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले वैशाख १६ गतेदेखि पहिलो...

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै

धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३१

  काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आगामी सोमबारदेखि...

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१५

  काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले निष्काशन तथा बिक्री खुला...