CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ २४ आइतवार

skip this studyinindiaexpo

शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद : शैक्षिक सुधारमा जोड

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

बाजुरा । शिक्षामा क्षेत्रमा लगानीका लागी स्थानीय सरकार र सरोकारवाला निकाय सँग संवाद कार्यक्रम गरिएको छ । शनिबार बाजुराको बडीमालिका नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह २०२६ लाई लक्षित गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैशीले जानकारी दिए ।

उनका अनुसार,यस कार्यक्रमले शिक्षा क्षेत्रमा लगानी र शैक्षिक गुणस्तरमा जोड दिन महत्त्वपूर्ण सहयोग पु¥याउने बताए । साथै उनले दिगो विकास लक्ष्यअनुसार,गुणस्तरीय शिक्षा सुनिश्चितका साथै समावेशी र समतामूलक शिक्षाको पहुँच अभिवृद्धि गर्न आवश्यक रहेको जोड दिएका हुन् ।

एनसीइ नेपालले हरेक वर्ष सबैका लागी निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, विश्वव्यापी कार्य सप्ताह गर्दै आएको छ । संवाद कार्यक्रममा बडी मालिकाको समग्र शैक्षिक स्थिति, पालिकाले शिक्षा क्षेत्रको सुधारमा थालेका योजना, भावी रणनीति, उपलब्धि, कमीकमजोरीका साथै सुधार गरिनुपर्ने मुख्य विषयवस्तुको प्रस्तुतीकरण गरिएको थियो ।

समग्र पालिकाको शैक्षिक गुणस्तर सुधारका लागी नगरपालिकाले विभिन्न रणनीति अपनाएर अघि बढेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अमर खड्काले बताए।उनका अनुसार, नगरपालिकाको शिक्षा क्षेत्र सुधारका लागी पालिकाले १० बर्षे शिक्षा योजना निर्माण कार्य अघि सारेको जानकारी दिए ।

साथै,नगरपालिकाले पालिकाभर विद्यालय बाहिर रहेका विद्यार्थीको तथ्याङ्क सङ्कलन, विद्यालयमा दरबन्दी अनुसारका शिक्षक व्यवस्थापन,विद्यालय समायोजन तथा तह मिलान,सिकाई उपलब्धिका साथै विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन, विद्यालयको नियमित अनुगमन जस्ता कार्यमा जोड दिइने कार्य योजना तय गरिएको उल्लेख गरे ।

पालिकाले आगामी वर्षदेखि अझै शिक्षा क्षेत्र सुधार गर्न,विद्यालय सुधार योजना, प्रविधिमा आधारित अध्यापन, विद्यालयमा ई—हाजिरी प्रणाली लागू गर्ने जनाएको छ । त्यस्तै नगरपालिकाले सत्यवादी मावि र चोया कोट माविमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम सबै विद्यालयमा विस्तार गर्ने योजना बनाएको नगरप्रमुख खड्काले बताए ।

कार्यक्रममा वक्ताहरूले शिक्षा प्रणालीमा अझै पनि पूर्वाधार अभाव, शिक्षक तालिमको कमी, विद्यार्थीहरूमा सिर्जन शीलताको अभाव, दरबन्दी अनुसारका शिक्षक अभावका साथै प्रविधिमा सीमित पहुँच जस्ता चुनौती रहेको औँल्याउँदै यस्ता खाले चुनौतीको समस्या समाधान गरी शिक्षा प्रणालीलाई गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक रहेको जोड दिएका थिए ।

प्रत्येक पालिकाले आफ्नो पालिकाको शैक्षिक स्थिति गुणस्तरीय र भरपर्दो बनाई समग्र जिल्लाकै शैक्षिक स्तर अब्बल बनाई शिक्षा प्रणालीलाई व्यवहारिक, सीपमूलक र रोजगारमुखी बनाउनुपर्ने कार्यक्रममा सहभागीहरू सम्पूर्णको भनाई रहेको थियो । एनसीइ नेपाल बाजुराका अध्यक्ष मदनराज जैसीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

नगर प्रमुख अमरबहादुर खड्का संवाद कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो । त्यस्तै उप—प्रमुख नन्दा थापा विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा पालिकाका विभिन्न शाखाका कर्मचारी, वडाअध्यक्ष, गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह लगायत अन्य जिल्लास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको सहभागिता थियो ।

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज र एसीसीएबीच सहकार्य

लेखा शिक्षक कार्याशालाका लागि ब्रिटिश प्रोफेसनल कलेज...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:१२

  पोखरा । ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालनमा रहेको ब्रिटिश...

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’ बनाइने

निजामती, जंगी, प्रहरी र शिक्षकको तलब ‘सम्मानजनक’...

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:०४

  काठमाडौं । सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी तथा...

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ ४ सोमवार २३:४३

  काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार,...

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:४७

  काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न...

महावीर पुनको गुनासो : आफूले ल्याउन खोजेको नवप्रवर्तनसम्बन्धी अध्यादेश अघि बढाइएन

महावीर पुनको गुनासो : आफूले ल्याउन खोजेको...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:२३

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूले अघि बढाउन खोजेका...

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री पोखरेलको निर्देशन

सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहत निकायलाई शिक्षामन्त्री...

वि.सं.२०८३ वैशाख २४ बिहीवार ०९:३५

  काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले...