CG Electronics
IME Life
NIMB

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

NIMB
Himalayan Bank

 

काठमाडौँ । युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता अनुसार, एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीहरूलाई अवसरका नयाँ ढोकाहरू खुला गर्दछ ।

यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिनेछ । यस पहलले देशका हरेक कुनाका विद्यार्थीहरूलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ ।

यसका अतिरिक्त विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्नेछन्, जसले उनीहरूलाई अध्ययन, अवसर र आफ्ना आकांक्षाहरूसँग निरन्तर जोडिन सहयोग पु¥याउनेछ ।

“एनसेल फाउन्डेसनमा हामी शिक्षा देशको भविष्य निर्माण गर्ने एक आधारभूत स्तम्भ हो भन्नेमा विश्वास राख्छौँ । प्रोजेक्ट शिक्षासँगको यस सहकार्यमार्फत हामी एसईई उत्तीर्ण युवा विद्यार्थीहरूलाई उनीहरूको सपना पूरा गर्न सहयोग गर्दै उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न चाहन्छौँ ।

भौगोलिक अवस्था र आर्थिक परिस्थितिले युवाहरूको भविष्य निर्धारण गर्नु हुँदैन भन्ने हाम्रो विश्वास हो । प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रियामार्फत हामी त्यस्ता विद्यार्थीहरूसम्म पुगिरहेका छौँ, जसमा क्षमता छ तर अवसरको अभाव छ । यस पहलमार्फत हामी सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पु¥याइरहेका छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

हन्ड्रेड ग्रुपद्वारा सञ्चालित छात्रवृत्ति कार्यक्रम प्रोजेक्ट शिक्षाले पनि थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ । यो कार्यक्रम सन् २०१७ देखि सञ्चालनमा रहेको छ र नेपालभरका एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू सिर्जना गर्दै आएको छ ।

गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती विद्यार्थीहरू अहिले विभिन्न शैक्षिक संस्थाहरूमा कक्षा १२ मा अध्ययन गर्दै आ–आफ्ना आकाङ्क्षाहरूलाई पछ्याइरहेका छन् ।

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई वरिष्ठ अधिकारी पदोन्नति

माछापुच्छ्रे बैंकको नेतृत्व टोली थप बलियो, दुई...

वि.सं.२०८३ साउन ५ मंगलवार १०:११

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ...

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन, १५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा रामपुर कृषि क्याम्पस र एएफयूको अनुगमन,...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:५२

  चितवन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले चितवनस्थित रामपुर कृषि...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै

GWM को आफ्नै ‘ड्रागन आर्मर’ ब्याट्री प्रविधिले...

वि.सं.२०८३ साउन ४ सोमवार २२:५४

  काठमाडौं। विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा...

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न सहयोग

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्मित...

वि.सं.२०८३ साउन ४ सोमवार २२:४६

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल...

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका उत्पादन बजारबाट फिर्ता बजारमा रहेका उत्पादन गुणस्तरीय रहेकाले भ्रममा नपर्न उपभोक्तालाई आग्रह

सीजी फुड्सद्वारा खाद्य प्रविधीले त्रुटी औल्याइएका ब्याचका...

वि.सं.२०८३ साउन ४ सोमवार १२:१४

  काठमाडौं ।  सीजी फुड्स इन्टरप्राइज बर्दियाले खाद्य प्रविधि तथा...