CG Electronics
IME Life
Ncell NPL

निषेधाज्ञामा पनि नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण नरोकिने, अहिलेसम्म कति मिटर खनियो ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं ।  निषेधाज्ञामा नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माण नरोकिने भएको छ । अत्यावश्यक बाहेक सबै कामहरु बन्द भए पनि सुरुङमार्गमा भने धमाधम काम भइरहेको सडक विभाग अन्तर्गत वैदेशिक महाशाखाका प्रमुख रामहरी पोखरेलले बताए ।

उनका अनुसार आयोजनामा काम गर्ने व्यक्तिहरु पहिलेदेखि नै यहीँ कार्यरत रहेको र बाहिरी मान्छेसँग सम्पर्क नहुने हुनाले निरन्तर काम अघि बढ्नेछ । आवश्यक निर्माण सामग्री पनि उपलब्ध रहेको उनको भनाइ छ ।

हालसम्म नागढुंगा सुरुङमार्ग निर्माणमा १० प्रतिशत काम पूरा भएको उनले बताए । सुरुङमार्ग अन्तर्गत ४६९ मिटर सुरुङ खन्ने काम पूरा भइसकेको छ । कुल ५ हजार ४९७ मिटर सुरुङ मध्ये ४६९ मिटर सुरुङ निर्माण सम्पन्न भएको हो ।

मुख्य टनेल अन्तर्गत काठमाडौं (पूर्व) तर्फ ४९ मिटर टनेल खनिएको छ । धादिङ (पश्चिम) तर्फ ६५ मिटर मेन टनेल खन्ने काम सम्पन्न भएको पोखरेलले बताए ।

आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) तर्फ ११४ मिटर खन्ने काम पूरा भएको छ । उनका अनुसार १४ महिनाभित्र निर्माण सक्ने लक्ष्य सहित दुई सिफ्टमा काम भइरहेको छ । उनले दिन र रातमा गरेर ४//४ घण्टाको ओभरटाइम सहित सुरुङ निर्माणको कामलाई तीव्रता दिइएको छ उनले दुवैतर्फ २४ घण्टा काम भइरहेको बताए् । ‘निषेधाज्ञामा पनि काम निरन्तर हुने छ, २४ घण्टा काम भइरहेको छ, सक्दो समयमै सक्ने गरी काम गरिरहेका छौँ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।

जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले ४०० जनशक्ति खटाई २४ घण्टा काम गरिरहेका हो । कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ । यो टनेल मूल सुरुङको एकतिहाई ब्यास (डायमिटर) को हुनेछ । अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ ।

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १६ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...