CG Electronics
IME Life
Ncell NPL

दुई वर्षमै सरकारी सहितका यी बैंकको प्रतिफल दर यसरी ह्वात्तै घट्यो,कुन बैंक कति नाजुक ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । दुई वर्षको अन्तरालमा केही वाणिज्य बैंकहरू स्वपुँजी प्रतिफल (रिटर्न अन इक्विटी) आधाले घटेको छ । उल्लेख्य प्रतिफल घट्ने बैंकहरूमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, सेञ्चुरी बैंक तथा नबिल बैंक रहेका छन् । २०७५ चैत मसान्तमा लगानीकर्तालाई ३९.२४ प्रतिशत प्रतिफल दिएको राष्ट्रिय वाणिज्य बैंकको प्रतिफल २०७७ चैत मसान्तमा १८.५२ प्रतिशतमा झरेको छ । नेपाल बैंकको प्रतिफल २९.९ प्रतिशतबाट ९.४६ प्रतिशतमा झरेको छ । त्यस्तै, नेपाल एसबीआइ बैंकले लगानीतकर्तालाई दुई वर्षअघि १६.९९ प्रतिशत प्रतिफल दिएकोमा अहिले गएको चैत मसान्तमा ८.१२ प्रतिशत मात्र प्रतिफल दिएको छ । त्यस्तै, सेञ्चुरी बैंकले लगानीकर्तालाई पनि दुई वर्षअघि ९.७२ प्रतिशत प्रतिफल दिएकोमा यसपटक ४.६४ प्रतिशत प्रतिफल दिएको छ ।

रिटर्न अन इक्विटी अर्थात् लगानीकर्ताले पाउने प्रतिफल कुल आयमा सेयरधनीको स्वपुँजी लगानीले भाग गरेर निकालिन्छ । सेयरधनीको स्वपुँजी लगानी कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ । त्यसकारण खुद सम्पत्तिमा प्राप्त हुने प्रतिफल दरका रूपमा यसलाई हेर्न सकिन्छ । यो नै कम्पनीको कार्यसम्पादन मापन गर्ने प्रमुख औजार हो । लगानीको कार्यसम्पादन र प्रभावकारितालाई लगानीकर्ताले पाउने प्रतिफलदरले प्रतिनिधित्व गर्छ ।

पछिल्लो दुई वर्षको अन्तरालमा एनआइसी एसियाले आफ्नो प्रतिफल झण्डै दोब्बर पारेको छ । २०७५ चैतमा एनआइसी एसिया बैंकको रिटर्न अन इक्विटी १२.२२ प्रतिशत रहेकोमा २०७७ चैत मसान्तमा २३.२६ प्रतिशत छ । यसरी प्रतिफल दर उच्च रूपमा बढाउने अन्य बैंकमा मेगा बैंकको दुई वर्ष अघि ८.०८ प्रतिशत रहेकोमा अहिले १४.६६ प्रतिशत रहेको छ । त्यस्तै एनबी बैंकको रिटर्न अन इक्विटी ९.०७ बाट दुई वर्षमै बढेर १६.४७ प्रतिशत पुगेको छ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...