CG Electronics
IME Life
Ncell NPL

बैंकको ब्याजदर ओरालो लाग्ने क्रम झनै घट्दै, कुन बैंकबाट ऋण लिँदा सस्तो ? (बेसरेट सहित )

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  तपाईं पनि कुनै व्यावसायिक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा नपाएर भौंतारिरहनु भएको छ ? तपाईंहरूको जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २७ वटा वाणिज्य बैंकको आधारदरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त ? यसको लागि बैंकहरूको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ । आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू बाट ऋण लिँदा सस्तो वा महँगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ ।

पछिल्लो एक वर्षमा बैंकको आधारदर औसतमा करिब २.५० प्रतिशतले घटेको छ । गत वर्षको चैतसम्म बैंकहरूको औसत आधारदर ९.३७ प्रतिशत रहेकोमा अहिले घटेर ६.८७ प्रतिशतमा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा कम रहेको छ ।

बैंकहरूले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महँगो ब्याज लिन्छन् । यसमा उनीहरूले केही प्रतिशत प्रिमियम जोडेर कर्जा लगानी गर्छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाहरूले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन ।

बैंकहरूले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरूले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।

विगतका वर्षहरूमा बैंकको आधारदर नै १२ प्रतिशतसम्म हुँदा त्यसमा प्रिमियम थप गरी कर्जा लगानीगर्दा बैंकहरूको ब्याजदर १७/१८ सम्म थियो । तर, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । जसका कारण सबै बैंकहरूको आधारदर एकल अंकमा झरिसकेको छ भने भने कुल ब्याजदर नै अधिकतम १३/१४ प्रतिशतमा झरिसकेको छ । अहिले बैंकहरूले कर्जाको प्रकृति अनुसार न्यूनतम साढे ६ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेका छन् ।

पछिल्लो एक वर्षमा बैंकको आधारदर औसतमा करिब २.५० प्रतिशतले घटेको छ । गत वर्षको चैतसम्म बैंकहरूको औसत आधारदर ९.३७ प्रतिशत रहेकोमा अहिले घटेर ६.८७ प्रतिशतमा आएको छ । अहिले सबै बैंकहरूको आधारदर ८ प्रतिशतभन्दा कम रहेको छ ।

त्रैमासैपिच्छे बैंकहरूको आधारदर घट्दै आएको छ । गत वर्षको असारमसान्तसम्म औसत बेसरेट ८.५४ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा घटेर ७.७१ प्रतिशतमा आएको छ । त्यसैगरी दोस्रो त्रैमासमा घटेर ७.१७ प्रतिशतमा आएको थियो भने तेस्रो त्रैमासमा ६.८७ प्रतिशतमा झरेको छ ।

किन घट्दै छ बेसरेट ?

बेसरेट घट्नुको मुख्य कारण अधिक तरलता हो । पछिल्लो १ वर्ष यता बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा बैंकहरुको बेसरेट घट्न पुगेको हो । केही महिना अघि बैंकिङ प्रणालीमा २ खर्ब बढी तरलता रहेको थियो भने हाल ५० अर्ब बढी तरलता कायम छ ।

कोरोनाका कारण गत चैत यता अर्थतन्त्र सुस्त हुँदा कर्जाको मागमा कमी आउँदा तरला बढ्न पुगेको हो । कर्जाको माग कम भएर बैंकमा पैसा थुप्रिन थालेपछि बैंकहरूले आफ्नो बेसरेट घटाउन थालेका हुन् । यद्यपि, पछिल्ला केही महिना भने बैंकहरुले आक्रमक कर्जा विस्तार गरेका छन् ।

पछिल्ला केही महिना यता कर्जाको माग बढ्दै गए पनि बेसरेट ह्वात्तै बढ्ने सम्भावना भने देखिँदैन । अहिले पनि बैंकिङ प्रणालीमा आधा खर्ब बढी तरलता कायम भने निक्षेप पनि राम्रै छ । जसकारण बैंकको ब्याज ह्वात्तै बढ्ने सम्भावना कम छ । हाल कोरोनाका कारण निषेधाज्ञा लागू गरिएकाले बैंकको कर्जा लगानी समेत घट्ने अनुमान गरिएको छ ।

कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो ?

वाणिज्य बैंकहरूले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधारदर सानिमा बैंकको रहेको छ । यसको आधार ब्याजदर ५.२३ प्रतिशत मात्र छ ।

एक वर्षको अवधिमा सानिमाले आधारदर ४.०२ प्रतिशतले घटाएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म सानिमाको बेसरेट ९.२५ प्रतिशत थियो । बैंकले यो आधारदरमा न्यूनतम् १ प्रतिशतदेखि कर्जाको प्रकृति अनुसार थप प्रिमियम जोडेर कर्जा लगानी गर्दछ ।

यस्तै, सानिमापछि विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्डको बेसरेट सबैभन्दा कम ५.३३ प्रतिशत रहेको छ । स्ट्यान्डर्डबाट न्यूनतम् साढे ६.३३ प्रतिशत ब्यादजरमा ऋण पाउन सकिन्छ ।

यस्तै, अन्य ३ बैंकको बेसरेट पनि ६ प्रतिशतभन्दा कम रहेको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ५.९५ र नेपाल बैंकको ५.९८ प्रतिशत रहेको छ ।

७ बैंकको आधारदर ७ प्रतिशतभन्दा कम छ । एभरेष्ट, नबिल, हिमालयन, ग्लोबल आइएमई, लक्ष्मी र सिद्धार्थ बैंकको बेसरेट ६ देखि ७ प्रतिशतको बीचमा रहेको छ । यी बैंकहरू पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरूको सूचीमा पर्दछन् ।

यस्तै, १५ वटा वाणिज्य बैंकहरूको बेसरेट ७ प्रतिशतभन्दा बढी र ८ प्रतिशतभन्दा कम रहेको रहेको छ । यो आधारदर नै अहिलेको अवस्थामा महँगो आधारदर हो । अहिले सबैभन्दा महँगो आधारदर सिभिल बैंकको रहेको छ । यसको बेसरेट सबैभन्दा धेरै ७.८२ प्रतिशत रहेको छ ।

बैंकहरूको आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार प्रिमियम जोडर कर्जा लगानी गर्छन् । बैंकिङ प्रणालीमा हुने तरलताको अवस्था अनुसार ब्याजदरमा परिवर्तन गर्ने गर्दछन् ।पछिल्लो समय राष्ट्र बैंकको निर्देशन अनुसार घर, गाडी लगायत कर्जामा बैंकहरूले स्थिर (परिवर्तन नहुने) ब्याजदर पनि लागू गरेका छन् ।

नोट : यहाँ प्रस्तुत सामाग्री बैंकहरूले प्रकाशन गरेको विभिन्न त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारिएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...