CG Electronics
IME Life
Ncell NPL

कम्बल ओडेर घ्यू खाने एनआइसी एशिया बैंकको डरलाग्दो यस्तो योजना राष्ट्र बैंकले यसरी तुहाईदियो

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 


काठमाडौं । सहकारी संस्थाले लिने ब्याजभन्दा चर्को ब्याजदर तोकेको एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले एक्सन लिएपछि ब्याजदर घटाएको छ ।

बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घर कर्जाको ब्याजदर १५.७० प्रतिशत पुर्याएको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । बैंकले यसअघि कायम रहेको ९.९२ प्रतिशत कर्जाको ब्याजदरमा ५.७८ बिन्दु थप गरी कर्जाको साँवा ब्याज तिर्न ऋणीलाई पत्राचार गरेपछि यसमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको थियो ।

बैंकले चर्को ब्याजदरमात्र नभएर यसअघि कायम गरिएको कर्जाको प्रिमियममा समेत थप गरेको खुलासा भएपछि राष्ट्र बैंकले बैंकलाई सो सम्बन्धी ध्यानाकर्षण मंगलबार गराएको थियो ।

बैंकले सो पत्र नियतवश नभएर प्राविधिक गल्तीले भएको भन्दै सच्याउने प्रतिबद्धता गरेको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘विभिन्न सञ्चारमाध्यममा एनआएसी एशियाले बढाएकोे कर्जाको ब्याजदर विषयमा समाचार आएपछि राष्ट्र बैंकले तत्कालै छानविन शुरु गरेको थियो,’ ढकालले भने, ‘राष्ट्र बैंकले हस्तक्षेप गरेपछि सम्बन्धित बैंकले नियतवश नभई प्राविधिक गल्तीका कारणले भएको भन्दै सुधार गरेको हो ।’

सहकारीले भन्दा चर्को ब्याज लिँदै एनआएसी एशिया, तिरिसकेको कर्जामा ब्याज बढाएर किस्ता तिर्न बोलायो

राष्ट्र बैंकको हस्तक्षेपपछि एनआइसी एशिया बैंकले बढाएको ब्याजदर र प्रिमियम पहिलेकै कायम गर्ने प्रतिबद्धता गरेको र सोही अनुसार काम गरी पत्राचार राष्ट्र बैंकमा गरेको उनले जानकारी दिए ।

‘बेसरेट बढ्दा कर्जाको ब्याजदर बढ्नु स्वाभिक हो तर कर्जा सम्झौतामा तोकिएको प्रिमियममा बैंकले कर्जा सम्झौता अवधिभर थप गर्न पाउँदैन,’ उनले भने !

हाल बैंकको बेसरेट ६.७७ प्रतिशत छ भने बैंकले अधिकांश कर्जाको प्रिमियम ७ प्रतिशतसम्म तोकेको छ ।

बैंकहरुले ब्याजदर निर्धारण गर्दा बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाउने छुट दिएको छ । तर, एकपटक तोकिएको प्रिमियम भने कर्जा सम्झौता अवधिभर बैंकले परिवर्तन गर्न नपाउने भएपनि एनआइसीले थप गरेको थियो ।

यस्तै प्रकारका विकृतिहरु बैकिङ क्षेत्रमा आएका राष्ट्र बैंकले प्रिमियम तोक्न समेत कडाइ गर्ने प्रवक्ता ढकालले बताए ।

‘यस्तो प्रवृतिले बैंकिङ क्षेत्रनै बदनाम हुन्छ, विकृति दोहोरिँदै गएमा राष्ट्र बैंक प्रिमियम तोक्न बाध्य हुन्नसक्छ,’ उनले थपे, ‘बैंकहरुले कर्जामा विभिन्न शर्त राखेर ब्याजदर परिवर्तन गर्दा ग्राहक मर्कामा परिरहेका हुन्छन् । रिटेल कर्जा लिने ग्राहकले फिक्स्ड ब्याजदरमै कर्जा लिन उपयुक्त हुन्छ ।’

फिक्स्ड ब्याजदरले बैंकबाट ग्राहकले पाउने यस्ता अनावश्यक दुःखको निराकण गर्ने उनको भनाइ छ । साथै, बैंकले सो गल्ती नियतवश गरेको हो वा होइन सोको छानविन बैंक सुपरीवेक्षणले गरिरहेको र सत्यता बाहिर आएपछि गल्तीमा कारवाही गर्न राष्ट्र बैंक पछि नहट्ने उनले बताए ।

बैंकले चैत मसन्तसम्म कायम भएको ब्याजदरमा प्रिमियम बढाएर ऋणीलाई बढेको ब्याजदरको जानकारी गराएको थियो । तर, सो विषय बैंकले कुनै नियतवशले गरेको नभएर प्रविधिक गल्तीका कारण भएको बैंकका सह-प्रवक्ता अर्जुन खनियाँले बताए ।

‘त्यस प्रकारको पत्राचार गर्न केन्द्रीय कार्यालयबाट कुनै शाखामा भनिएको थिएन तर कसरी भयो छानविन भइरहेको छ,’ उनले क्लिकमाण्डूलाई भने, ‘हेड अफिसमा पनि विभिन्न पत्रपत्रिकामा समाचार आएपछि जानकारी भएको हो, त्यसपछि तुरुन्तै सबै शाखामा छानबिन थालियो तर बिराटनगर शाखाले मात्र ऋणीलाई त्यस्तो पत्राचार गरेको भेटिएको छ ।’

प्राविधिक गल्तीको कारणले शाखाले केही ऋणीलाई त्यस्तो पत्राचार गरेपनि बढेको ब्याजदर हालसम्म नअसुलेको उनको भनाइ छ ।

‘यस्तो असहजपरिस्थितीमा बैंकले कुनै पनि ग्राहकलाई मर्काका पार्ने काम गर्दैन, आवश्यक भए ऋणीलाई सहयोग गर्न बैंक तयार छ,’ खनियाँले थपे, ‘बढेको ब्याजदरका पत्राचार कति ऋणीमा पुगेको रहेछ त्यो छानविन गरी ती ऋणीलाई पहिले कायम ब्याजदर नै कर्जामा लागू हुने पुनः पत्राचार गरिन्छ ।’

बैंकले घर कर्जा र सवारी कर्जामा यसअघि कायम ९.९२ प्रतिशत ब्याजदर नै कायम हुने जानकारी दिएको क्लिकमांडूले उल्लेख गरेको छ। ।

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...