CG Electronics
IME Life
NIMB

ओरालो लागेको शेयर बजार आज लयमा फर्कियो,यी ३० कम्पनीका लगानीकर्तालाई भयो चाँदी कटाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । सेयर बजारमा उच्च अंकको कमब्याक भएको छ । गत बुधबारदेखि निरन्तर ओरालो लागेको बजार आज लयमा फर्किएको हो ।

५ दिनमै करिब १९० अंकको पहिरो गएको बजारमा आज दोहोरो अंकको सुधार देखिएको हो । गत मंगलबार नेपाल धितोपत्र बोर्डले नामै तोकेर जोखिमपूर्ण ५१ कम्पनीको सूची सार्वजनिक गरेसँगै त्यसको प्रभाव स्वरुप बजारमा दैनिक भारी गिरावट आएको थियो ।

सूचकमा ठूलो अंकको सुधार आए पनि कारोबार रकम भने घटेको छ । यससाता दैनिक साढे ११ अर्बको कारोबार हुँदै आएकोमा आज घटेर सवा १० अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ७९.४३ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै साढे ५ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ३१ करोड र नागरिक लगानी कोष २९ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले बढेको बजारमा आज डेढ दर्जन कम्पनीको सेयर मूलयमा पोजेटिभ ससर्किट लागेको छ । जानकी फाइनान्स, वरुण हाइड्रोपावर, एचआइडीसीएल, ङादी ग्रुप र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसैगरी, राधी विद्युत्, जोशी, कालिका पावर, घलेम्दी, युनियन, खानीखोला, हिमालयन पावर, दिव्यश्वरी हाइड्रोपावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्टका सेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् ।

यस्तै, आज युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशत गुमाएका छन् भने युनियन, हिमाल दोलखा हाइड्रो पावर, लिबर्टी इनर्जी, गुह्येश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, पञ्चकन्या माइको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै, घलेम्दी र जोशी हाइड्रोपावरका सेयरधनीले ७ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

घट्दो बजारमा आज नारायणी विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...