९७ अर्ब लगानीमा दुई जलविद्युत आयोजना निमार्ण हुँदै,यस्तो छ तयारी
Tuesday Jun 22, 2021
वि.सं.२०७८ असार ८ मंगलवार १७:१६

काठमाडौं । लगानी बोर्डले दुई जलविद्युत आयोजना निमार्णका लागि ९७ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको बैठकले तमोर र मनाङ मस्र्याङदी आयोजना बनाउनका लागि सो रकमको स्वकृति दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलररहेको माथिल्लो तमोर जलविद्युत परियोजना ९२८५० मेगावाट अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजना ९१३९।२० मेगावाट गरी दुई वटा जलविद्युत परियोजनाको लागि कुल करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो ।
बैठकले सार्वजनिक ९निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क ९चाइना नेपाल फ्रेण्डसिप इन्ड्रस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताको लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।
बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत परियोजना ९६७९ मेगावाट० को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमति९पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएनसँग गरिने समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको छ ।
त्यसैगरी, बैठकमा तमोर जलाशय यूक्त जलविद्युत परियोजना ९७५६ मेगावाट०को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरुलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिस सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा वलीले ऊर्जा सम्बन्धी परियोजनाको विकास गर्दा उर्जाको उत्पादन सँगसगै प्रसारण प्रणाली समेतको निर्माण कार्य अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।
उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेश गरिएका प्रस्तावहरु मुलुकको आर्थिक विकासमा टेवा पुर्याउने देखिएको बताउँदै बोर्डका निर्णयहरुको प्रभावकारी कार्यान्वयमा ध्यान पुर्याउनु पर्नेमा जोड दिए ।
बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरे बमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शरतसिंह भण्डारी,माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ् ,माननीय वन तथा वातावरण मन्त्री नारद मुनि राना, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा। पुष्प राज कँडेल, नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ, आमन्त्रित सदस्य बालकृष्ण शिवाकोटी लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

























