CG Electronics
IME Life
NIMB

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकको रूपमा सहकार्य गरेको छ।

कम्पनीका अनुसार उक्त सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डिजिओ एपमार्फत सहभागी रहनेछ। यस सहकार्यले नेपाली फुटबल समर्थकहरूलाई विश्वकपको रोमाञ्चक यात्रा अझ नजिकबाट अनुभव गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले विश्वकै सबैभन्दा लोकप्रिय खेल प्रतियोगितामध्ये एक फिफा विश्वकपसँग जोडिन पाउँदा कम्पनी गौरवान्वित भएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं। विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गराउँछ। यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिति जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो।’

पराजुलीले यस सहकार्यले नेपाली दर्शकहरूलाई विश्वकपको उत्साह अझ नजिकबाट अनुभूति गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीहरूसँग थप सशक्त रूपमा जोड्ने अवसरसमेत सिर्जना गर्ने बताउनुभयो।

नेपाल लाइफले खेलकुद, सामाजिक उत्तरदायित्व तथा जनचेतनामूलक गतिविधिमार्फत विभिन्न क्षेत्रसँग निरन्तर सहकार्य गर्दै आएको छ। कम्पनीले फिफा विश्वकप २०२६ जस्तो विश्वस्तरीय खेल प्रतियोगितासँगको सहकार्यलाई आफ्ना ग्राहक, शुभेच्छुक तथा खेलप्रेमीहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

हिमालय स्पोर्ट्स टिभी तथा डिजिओ एपमार्फत प्रसारण हुने फिफा विश्वकप २०२६ ले नेपाली दर्शकहरूलाई विश्व फुटबलका उत्कृष्ट प्रतिस्पर्धा प्रत्यक्ष रूपमा हेर्ने अवसर प्रदान गर्नेछ।

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी ‘टेकटन’ सार्वजनिक गरिने

नाइमा मोबिलिटी एक्स्पो–२०२६ मा निसानको नयाँ एसयूभी...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:०१

  निसानको ७५ वर्ष लामो एसयूभी परम्परालाई निरन्तरता दिने, प्रतिष्ठित...

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क...

वि.सं.२०८३ साउन १५ शुक्रवार १८:३२

  काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेली ९ःयचदष्मभििष्० ले...