CG Electronics
IME Life
NIMB

हिमाल पारीको जिल्ला मनाङ्गको ङिस्याङ गाउँपालिकाले भर्चुअल माध्यमबाटै घोषणा गर्यो बजेट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं  ।  हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाले भर्चुअल माध्यमबाट आगामी आथिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । कोरोना महामारी र बाढीपहिरोको जोखिमका बीच पालिकाले भर्चुअल माध्यमबाट बजेट प्रस्तुत गरेको गाउँपालिका अध्यक्ष कान्छा घलेले आर्थिक प्लसलाई टेलिफोन सम्पर्कमा बताए।

उनका अनुसार गाउँपालिकाले बिहीबार गाउँसभा गरी नीति, कार्यक्रम र २८ करोड ५८ लाख ८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो । पालिका अध्यक्ष घले, प्रमुख प्रशासकीय अधिकृत दीपक ढकाल, केही जनप्रतिनिधि मात्र गाउँपालिका कार्यालय हुम्डेमा थिए ।

गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङ (लामा) भने आफ्नै घर पिसाङबाट जुममा जोडिएर बजेट प्रस्तुत गरेकी थिइन् । कोरोना संक्रमण र बाढीपहिरो कारण भौतिक उपस्थितिमा समस्या हुने भएकाले भर्चुअल माध्यमबाट बजेट प्रस्तुत गरिएको गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमणको अवस्थामा जोखिम बढ्ने भएकाले र बाढीपहिरोका कारण बाटोघाटो बिग्रिएकाले गाउँसभामा सबै उपस्थिति हुन सकेनन् । मुस्किलले पैदल यात्रा गर्न सकिए पनि बाढीपहिरोका कारण सवारी साधन चल्ने बाटो छैन ।

गाउँपालिकाले विपद् व्यवस्थापन, कोरोना नियन्त्रण, पूर्वाधार विकासमा जोड दिएको छ । यस्तै, कृषि क्षेत्रमा अनुदान, पर्यटन विकासमा पनि गाउँपालिकाले जोड दिएको जनाएको छ ।

बाढीपहिरो र कोरोना सन्त्रासको बाबजुद बजेट ल्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । बाढीपहिरोका कारण सडक क्षतविक्षत भएपछि मनाङका अन्य ३ स्थानीय तहले भने बजेट ल्याउन सकेका छैनन् ।

बाढीबाट अतिप्रभावित चामे गाउँपालिका, नासों र नार्पाभूमिले बजेट ल्याएका छैनन् । नार्पाभूमिले शुक्रबार बजेट ल्याउने तयारी गरेको जनाएको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...