सामाजिक उत्तरदायित्व बहन गर्नमा सानिमा बैंक ठहरियो अब्बल,अस्पताल निर्माणका लागि दियो एक करोड
Friday Jul 30, 2021
वि.सं.२०७८ साउन १५ शुक्रवार १९:०५

काठमाडौँ । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माणका लागि एक करोड सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
बालबालिकाहरूलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाडौं लगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ ।
सो समझदारीपत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भगवान कोइराला र सानिमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरे ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् ।
बैंकको देशभर हाल सम्म ८६ वटा शाखा संजाल, १८ विस्तारित काउन्टर तथा ९६ ओटा एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
























