CG Electronics
IME Life
NIMB

सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ भर्नु भो ? कि भर्नै बाँकी छ ? जान्नुहोस् यस्तो छ कम्पनीको कुण्डली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।   सानिमा लाइफ इन्स्योरेन्सको बुधबादेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ।
कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख कित्ता) नै सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा साउन २४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।कम्पनीको सेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सञ्चालनमा आएको ४ वर्षमा ११८ शाखा/उपशाखा विस्तार

सानिमा लाइफ इन्स्योरेन्स, कम्पनी ऐन २०६३ अन्तर्गत स्थापना भई बीमा ऐन २०४९, बीमा नियमावली २०४९ बजोजिम जीवन बीमा व्यवसायको कारोबार गर्ने कम्पनी हो ।

इन्स्योरेन्सले २०६४ मंसिर १३ गते कम्पनी रजिस्टर कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता भएको थियो भने २०७४ कात्तिक ५ गते बीमा समितिबाट इजाजत पाएको थियो । कम्पनीले २०७४ मंसिर २२ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको थियो ।

सञ्चालनमा आएको ४ वर्षको अवधिमा इन्स्योरेन्सले देशका सातै प्रदेशमा ११८ वटा शाखा उपशाखा सञ्जाल विस्तार गरेको छ । इन्स्योरेन्सको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं.१ कमलादीमा रहेको छ ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

३ अर्ब अधिकृत पूँजी रहेको इन्स्योरेन्सको जारी पूँजी पनि २ अर्ब रुपैयाँ रहेको छ । हाल १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न ६० करोड रुपैयाँको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयर होल्डरको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको हिस्सा ३० प्रतिशत रहने छ ।

गत आव २०७७/७८ को तेस्रो त्रैमाससम्ममा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रुपैयाँ संचित रहेको छ ।

कम्पनीले गत आवको चैत मसान्तसम्ममा ५७ करोड ५८ लाख ४४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा १० कम्पनीसँगको तुलनामा इन्स्योरेन्सको हिस्सा करिब ७ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ६.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०९.६७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । कम्पनीले चालू आव २०७८/७९ मा प्रतिसेयर आम्दानी ९.७८ रुपैयाँ र आव २०८९/८० मा १७.११ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

गत वर्षसम्म १७ करोड ४४ लाख रुपैयाँ संचित आय रहेको इन्स्योरेन्सले चालू आवमा ३४ करोड ४६ लाख र आव २०७९/८० सम्ममा सञ्चित आय ६४ करोड ३१ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।
कम्पनीले हरेक आर्थिक वर्षमा संचित आय बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ करोड ३५ लाख रुपैयाँ ऋणत्मक रहेको थियो भने आव २०७५/७६ मा १ करोड ९६ लाख रुपैयाँ सञ्चित आय रहेको थियो ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

कम्पनीले आइपीओबाट उठेको पैसा कहाँ लगानी गर्छ ?
आइपीओ विक्रीबाट संकलन हुने ६० करोड रुपैयाँमध्ये कम्पनीले नेपाल सरकारको ऋणपत्ररविकास ऋणपत्रमा १५ करोड रुपैयाँ, वाणिज्य बैंकको मुद्दती निक्षेपमा २४ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

यसैगरी, विकास बैंकको मुद्दती निक्षेपमा ९ करोड रुपैयाँ, वित्त कम्पनीको मुद्दती निक्षेपमा ६ करोड रुपैयाँ र पब्लिक कम्पनीको सेयरमा ६ करोड रुपैयाँ लगानी गर्ने कम्पनीले जनाएको छ ।

को/को छन् प्रमोटर सेयर होल्डर ?

कुल चुक्त पूँजीको ७० प्रतिशत संस्थापक सेयर स्वामित्व रहने इन्स्योरेन्समा वाणिज्य बैंक, उद्योगपति, व्यापारी, व्यवसायीहरुको मुख्य लगानी रहेको छ ।

मुख्यगरी कम्पनीमा १४ व्यक्ति तथा संस्थाहरु प्रमोटर सेयर होल्डरका रुपमा रहेका छन् । इन्स्योरेन्सको मुख्य संस्थापक सेयर होल्डरको रुपमा सानिमा बैंक रहेको छ । सानिमाको यस कम्पनीमा २८ करोड रुपैयाँँ बराबरको २८ लाख कित्ता सेयर हिस्सा रहेको छ । यो कुल चुक्ता पूँजीको १४ प्रतिशत हो ।

यसैगरी, इन्स्योरेन्सको मुख्य सेयर होल्डरको रुपमा एनआरएनका पूर्वाध्यक्ष तथा व्यवसायी जीवानाथ लामिछाने रहेका छन् । उनको यस कम्पनीमा २२ करोड ८५ लाख रुपैयाँ लगानी रहेको छ ।

यस्तै, कम्पनीमा व्यवसायी अरुणकुमार ओझाको १२ करोड १५ लाख, घनश्याम थापा १२ करोड ९७ लाख, विनयकुमार श्रेष्ठको १२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर स्वामित्व रहेको छ ।

यसैगरी, कम्पनीमा टेकराज निरौला ८ लाख ९० हजार, खेमराज लामिछाने ६ लाख ९० हजार, साम्बा लामा ७ लाख, सोनामा ग्याछो ६ लाख, प्रभा गोयण्का ५ लाख ६० हजार, हरेन्द्रप्रसाद जयसवालको २ लाख कित्ता सेयर रहेको छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...