CG Electronics
IME Life
NIMB

मैलुङ खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् त तपाईंलाई कति पर्‍यो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर(आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

आज (मंगलवार) बिहान भएको बाँडफाँटबाट सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन् । त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो शेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ ।

कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले साउन १४ गतेदेखि साउन १९ गतेसम्म ७ करोड ३६ लाख २८ हजार ६ सय रूपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

कूल निष्काशन मध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता (१० प्रतिशत) आईपीओ बिक्री गरिसकेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपियाँ छ । यो जलविद्युत् आयोजना रसुवा जिल्लामा छ ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...