IME Life
NIMB

तयारी अवस्थाका पाँच वटा शाखा किन बिक्री गर्दैछ सिटिजन्स बैंक ?

NIMB
Himalayan Bank

काठमाडौँ । मर्जरका कारण एकै ठाउँमा शाखाहरु दोहोरिएपछि सिटिजन्स बैंकले ५ शाखा कार्यालय बिक्रीमा राखेको छ। बैंकले बाग्मतिका २ र लुम्बिनीका ३ शाखा बिक्रीमा राखेको हो।

बैंकले गत चैतमा तिनाउ मिसन डेभलपमेन्ट बैंक र गत असारमा सृजना फाइनान्सलाई गाभेको थियो। मर्जरपछि एकै ठाउँमा शाखाहरु दोहोरिएका थिए। ती दोहोरिएका शाखा बन्द छन्। बैंकले बन्द गरिएका शाखा अन्यत्र खोल्नु पर्ने हुन्छ।

बैंकले तयारी अवस्थामा रहेका बुटवल, नारायणगढ, भुमही, घोराही र टाँडीको शाखा बिक्री गर्न लागेको हो। बैंकले यी शाखा बैंक तथा वित्तीय संस्थासहित बीमा कम्पनी सहकारी वा अन्य कार्यालयलाई पनि उपयोगी हुने जनाएको छ।

खरीद गर्न इच्छुकले सात दिनभित्र आवेदन दिनु पर्छ। कतिमा खरीद गर्ने हो त्यो पनि जानकारी गराउनु पर्छ। बैंकले न्यूनतम मूल्य तोकेको छैन। जानकारका अनुसार, अहिलेको मूल्यमा एउटा ठिकैको शाखा बनाउन पनि ५० लाखजति खर्च हुन्छ। यसभन्दा माथि ठाउँ र डेकोरेसनले मूल्य बढ्दै जान्छ।

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...