CG Electronics
IME Life
NIMB

कुलमान घिसिङको हातमा पर्यो नियुक्तिपत्र, आजै दिउँसो कमाण्ड सम्हाल्ने

NIMB
Himalayan Bank

भोलिको बैठकमा कुलमान घिसिङ पुनः नियुक्ति हुँदै

काठमाडौँ । एक बर्षपछि नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ फिर्ता आएका छन्। उनलाई मंगलबार साँझ प्रधानमन्त्री कार्यालयबाट फोन गरेर बुधबार नियुक्तिपत्र लिन डाकिएको छ।

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयको व्यहोरा मन्त्रिपरिषद्‌को कार्यालयबाट हिजो साँझ साढे ६ बजे ऊर्जा मन्त्रालयमा आइपुगेको ऊर्जा सचिव देवेन्द्र कार्कीले बताए । ‘मन्त्रालयमा हिजो साँझ निर्णयको व्यहोरा आइपुगेको छ’ सचिव कार्कीले भने ‘घिसिङलाई आज बिहान १० बजे नियुक्तिपत्र दिइनेछ ।’

साविकका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा विशिष्ट श्रेणीमा नियुक्ति गर्ने निर्णय पनि मन्त्रिपरिषद्‌ गरेको छ । शाक्यलाई खाइपाइ आएको सेवा सुविधामा कटौती नहुने गरी उनले गर्नुपर्ने कार्यदेशसमेत उल्लेख गरी आयोगमा सरुवा गरिएको हो ।
घिसिङका पालामा प्राधिकरणमा मूख्य तीन वटा काम भएकाले उनको वाहवाही भएको थियो। उनले लोडसेडिङ अन्त्य गरेका थिए। त्यसपछि चुहावट नियन्त्रण गरेका थिए भने घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेका थिए।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...