CG Electronics
IME Life
NIMB

तरलताको गर्जो टार्न बैंकले उठाए तीन अर्ब,कसरी उठ्यो पैसा ?

NIMB
Himalayan Bank

काठमाडौँ ।  बैंकिङ तरलता अभाव भएपछि बैंकहरुले बुधबार पनि राष्ट्र बैंकसँग थप तरलता सुविधा लिएका छन्। राष्ट्र बैंकका अनुसार बुधबार बैंकहरुले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) थप उठाएका हुन्।

यद्यपी मंगलबारको तुलनामा एसएलएफ निक्कै कम उठाएका छन्। मंगलबार चालु बर्षकै सबैभन्दा धेरै १९ अर्ब ५५ करोड रुपैयाँ राष्ट्र बैंकसँग उठाएका थिए। बुधबार भने तीन अर्ब उठाएका छन्। पैसा उठाएका छन्। तुलनात्मकरूपमा महँगो दरको पैसा मंगलबार एकै दिन उठाएको राष्ट्र बैंकले जनाएको छ।

बुधबारको सहित परिपक्व हुन बाँकी एसएलएफ २५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यति गर्दा पनि बैंकहरुसँग अधिक तरलता ६ अर्ब रुपैयाँ मात्र छ।

एसएलएफ सात दिन अवधिको हुन्छ। यसको ब्याज दर ५ प्रतिशत हुन्छ। बैंकहरुबीच अन्तर बैंक सापटी पाउन छाडेपछि राष्ट्र बैंकले यो मौद्रिक औजारबाट पैसा उपलब्ध गराउँछ।

बैंकबाट ६१ अर्ब रुपैयाँ निक्षेप गायव भएपछि अहिले बजारमा चरम तरलता अभाव छ। अन्तर बैंक सापटी दर ४.७५ प्रतिशत पुगिसकेको छ। अरुबेला सापटी उपलब्ध गराउने सरकारी स्वामित्वका बैंकहरु पनि अहिले मागिरहेका छन्।

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...