nic bank
himalayan everesat
Nmb bank

सेयर बजारले बनायो थप किर्तिमान,१० कम्पनीका लगानीकर्ताको भयो आज चाँदी कटाई

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ ।  सेयर बजारले फेरि नयाँ कीर्तिमान बनाएको छ । विकास बैंकको सेयरमा उछाल आउँदा नेप्सेले आज नयाँ रेकर्ड बनाएको हो ।

आज नेप्सेले ३१७८ विन्दु चुम्दै इतिहासकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको हो । नेप्से ३१७५ विन्दु माथि पुगेको इतिहासमै पहिलोपटक हो । यसअघि बुधबार मात्रै नेप्सेले इतिहासकै सर्वाधिक ३१६२ विन्दुको रेकर्ड बनाएको थियो ।

सूचकले नयाँ रेकर्ड बनाएको दिन कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले बढेर साढे १७ अर्ब नाघेको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १६.३२ अंकले बढेर ३१७८.९१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको १७ अर्ब ७१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँ बराबरको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ ६ समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ६.३७ प्रतिशतले बढेको छ भने व्यापार समूह १.५१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीमध्ये ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज पनि माथिल्लो तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको साढे ६२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा कामना सेवा विकास बैंक ५८ करोड र साइन रेसुंगा डेभलपमेन्ट बैंक ४८ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज ७ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । महालक्ष्मी, साइन रेसुंगा, कामना सेवा विकास बैंक, रुरु जलविद्युत्, माउन्टेन इनर्जी र जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यस्तै, युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी, श्री इन्भेटमेन्ट, रैराङ हाइड्रोपावर र सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

बढ्दो बजारमा आज पाँचथर पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.९९ प्रतिशत गुमाएका छन् ।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...