CG Electronics
IME Life
NIMB

नेपाल बैंकको अध्यक्षमा नियुक्त सुमनराज अर्यालले गोपनियताको शपथ

NIMB
Himalayan Bank

काठमाडौँ ।  नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका सुमनराज अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले पद तथा गोपनियता शपथ लिएका हुन् । अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे। साथै, नेपाल सरकारले देशमा उद्यमशिलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...