प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त
Friday Aug 27, 2021
वि.सं.२०७८ भदौ ११ शुक्रवार २२:३८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्मेवारी सम्हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।
यसअनुसार शर्मा नेपाली सेनाको ४४औं प्रधानसेनापति बनेका छन् ।
वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापा भदौ २५ गते अनिवार्य अवकाश पाउँदैछन् । थापाको औपचारिक विदाइ २५ भदौमा हुने बताइएको छ ।


























