CG Electronics
IME Life
NIMB

कर्जा दुरुपयोग गरेको अभियोगकमा मुद्दा खेपिरहेका लम्साल नेको इन्स्योरेन्सको डेपुटी सीईओमा

NIMB
Himalayan Bank

काठमाडौं । करिव दुइ वर्षअघि बैंक अफ काठमाण्डूको कर्जा दुरुपयोग गरेको अभियोगकमा मुद्दा खेपिरहेका गणेश लम्साल नेको इन्स्योरेन्सको डेपुटी सीईओ पद पाएका छन् ।

बैंकिङ कसुर मुद्दामा सहकर्मी साथीहरु मुद्दा झेलिरहदा एक जना कर्मचारीले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पद पाएका छन् ।

जग्गाको झुठो विवरण पेश गरी बैंक अफ काठमाडौं लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानी नोक्सानी पुर्याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । त्यसमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजेय श्रेष्ठ, गणेश लम्साल, किरण बोहोरा, ऋचा श्रेष्ठ, , सुष्म शाह र पुष्पराज भण्डारी पक्राउ परेका थिए ।

त्यसमध्ये अरु सबैजना अहिले पनि उक्त मुद्दा खेपिरहेका छन् । लम्सालले नेको इन्स्योरेन्समा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिकामा कुनै पनि प्रकारको कसुर लागेको व्यक्ति बीमकका अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, उपप्रमुख हुन रोक लगाइएको छ । तर नेको इन्स्योरेन्सले उक्त व्यवस्थालाई उल्लंगन गर्दै बैकिङ कसुर मुद्दा खेपिरहेको व्यक्तिलाई डेपुटी सीईओ बनाएको हो ।

लम्सालमाथि मुद्दा परेको तर दोषी ठहर नभएकोले कम्पनीले डेपुटी सीईओ बनाएको नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले बताए । नेपाल प्रहरीको प्रमुख अनुसन्धान गर्ने निकाय केन्द्रीय अनुसन्धान ब्यूरोले लगाएको बैकिङ कसुरको मुद्दालाई सीईओ खड्काले सामान्य व्यक्तिले लगाएको आरोपसँग तुलना गर्दै आरोप लाग्दैमा अवसरबाट बञ्चित गर्नु नहुने तर्क गरे । लम्साल सहित बैकिङ कसुर मुद्दा लागेको सबै जना अदालतमा बैंक धरौटी बुझाएर अदालतको बोलाएको बेलामा उपस्थिति हुने गरी छुटेका हुन् । (विकासन्युजबाट‌‍)

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:०८

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५९

काठमाडौं। कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत रु.५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा...

वि.सं.२०८३ साउन १५ शुक्रवार २१:५०

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक...