CG Electronics
IME Life
NIMB

महानगरले गर्न नसकेको काम भाटभटेनीले गर्यो, ११ तले पार्किङ निर्माण अन्तिम चरणमा पुग्यो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं  । उपत्यकामा सवारीधनीले भोग्नु पर्ने सबैभन्दा ठूला समस्या हुन् जाम र पार्किङ । सवारीसाधनको बढ्दो चापका कारण एकातिर सडकमा लामो समय जाममा बस्नु पर्ने बाध्यता छ भने अर्कोतिर व्यवस्थित पार्किङ नहुँदा भौतारिनु पर्ने अवस्था छ ।

सवारीसाधन पार्किङ समस्यालाई लिएर बेलाबेला आवाज उठ्ने गरे पनि सरोकारवाला निकायहरु कानमा तेल हालेर बसेका छन् । पार्किङ समस्या समाधान गर्न काठमाडौं महानगरले बहुतले पार्किङ निर्माण गर्ने बताए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन ।

यसैबीच, निजी क्षेत्रले भने आफ्नै लगानीमा नेपालकै पहिलो बहुतले पार्किङ निर्माण अन्तिम चरणमा पुर्याएको छ । खुद्रा व्यापारलाई आधुनिकीकरण गर्दै देशभर व्यवसाय विस्तारमा लागेको भाटभटेनी सुपर मार्केटले नक्शाल (पुरानो भाटभटेनी सुपर मार्केट)मा सुविधा सम्पन्न ११ तले पार्किङ निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

भाटभटेनी आफ्नो आउटलेटमा पार्किङ समस्या भएपछि ग्राहकलाई सहजता दिलाउन ११ तले पार्किङ निर्माणलाई तीव्रता दिएको हो । ११ तले पार्किङको हरेक तलामा ४ वटाका दरले एकपटकमा ४४ वटा गाडी पार्किङ गर्न सकिन्छ ।

हालसम्म बहुतले पार्किङ निर्माणको ७० देखि ८० प्रतिशत हाराहारीमा काम सम्पन्न भएको भाटभटेनी सुपरमार्केट सिभिल विभाग साइट इन्जिनीयर विवेक घिमिरेले जानकारी दिए ।

भाटभटेनीले उक्त पार्किङ आउँदो दशैंअघि नै संचालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको उनले बताए । ‘पार्किङ निर्माणको काम हालसम्म ८० प्रतिशत हाराहारी सम्पन्न भएको छ, चाडपर्वमा ग्राहक उल्लेख्य मात्रामा आउने भएकाले दशैं अघि संचालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौं, दशैं अघि हामी ह्याण्ड ओभर गर्छौं,’ घिमिरेले भने ।

उक्त पार्किङ निर्माणका लागि करीब ३ करोड ५३ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । चिनियाँ कम्पनीले डिजाइन गरेको उक्त बहुतले पार्किङ इण्डियन कम्पनी ओमेगा इन्जिनीयरिङले निर्माण गरिरहेको छ । ओमेगा कम्पनीसँगै नेपाली टोली स्पात कन्स्ट्रक्शनले पनि काम गरिरहेको छ ।
घिमिरेका अनुसार पार्किङ निर्माणको मेकानिकल काम लगभग सकिएको छ भने सिभिल,फेब्रिकेसनको पार्ट बाँकी छ । मेकानिकल पार्ट अन्तर्गत अटोमेटिक सिस्टम,फिक्स गर्ने, लिफ्ट, अटोमेशन, इलेक्ट्रिकलपार्ट, सेन्सर लगाएतको काम पर्दछन् । अबको एक महिना भित्रै सबै काम सकिएर पार्किङ संचालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा आकर्षक नगद छुट

जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज...

वि.सं.२०८३ असार ५ शुक्रवार १२:०३

काठमाडौं । नेपालमा जिली EX5 र BAW सवारीसाधनहरूको आधिकारिक आयातकर्ता...

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो बिन्दु डिजाइन अवधारणा पुरस्कार २०२६

आईकौर सुपर भी–२३ ले जित्यो प्रतिष्ठित रातो...

वि.सं.२०८३ असार ५ शुक्रवार ०९:२४

  काठमाडौं, नेपाल – आईकौरको सुपर भी–२३ ले जर्मनीमा प्रदान...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई ‘कर्पोरेट कमर्सियल भेहिकल अवार्ड २०२६’

नेपालको यातायात क्षेत्रमा योगदान पुर्‍याएको भन्दै फोटोनलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३९

  काठमाडौं । विश्वका अग्रणी व्यावसायिक सवारीसाधन ब्रान्डमध्ये एक फोटोनलाई...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा, नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनमा

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर ‘एथर’...

वि.सं.२०८३ असार ४ बिहीवार २३:०७

  काठमाडौं । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एथर’ले...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...