IME Life
NIMB

नेपाल टेलिकमले विदेशबाट आउने मिस्ड कलहरुसँग होसियार रहन आग्रह

NIMB
Himalayan Bank

नेपाल टेलिकमले विदेशबाट आउने मिस्ड कलहरुसँग होसियार रहन आग्रह गरेको छ ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले विदेशबाट आउने मिस्डकलमा फोन गर्दा कल सफल भएपनि कोही नबोल्ने मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने देखिएको भन्दै सबैलाई होसियार रहन आग्रह गरेको हो ।

यसका साथै केही दिन यता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको पनि टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले यस्तो घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु हुन अनुरोध गरेको छ ।

कम्पनीले यस सम्बन्धमा आवश्यक विश्लेषणको कार्य भइरहेको पनि जानकारी दिएको छ ।

टेलिकमले यस्तो अवस्थाबाट बच्नका लागि कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आइएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्नु पनि अनुरोध गरेको छ ।

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट नयाँ स्कुटर

नाइमा एक्सपोमा एथरको विशेष अफर, लक्की ड्रबाट...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१२

काठमाडौं । आगामी साउन २६ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी...

यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न

यामाहा नेपालको ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सम्पन्न

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:००

काठमाडौं । यामाहा नेपालले आफ्नो ‘पार्ट्नर्स मीट २०२६’ थाइल्याण्डमा सफलतापूर्वक...